मंगलवार, मंसिर १६,२०८२ 02:40:04
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 02:40:04
Bizshala
Global IME Bank Limited

यी हुन् विश्वको सर्वाधिक सेयरमूल्य भएका शीर्ष ४ कम्पनी, के कारणले हुन्छ महङ्गो ?

Hyundai Nepal
यी हुन् विश्वको सर्वाधिक सेयरमूल्य भएका शीर्ष ४ कम्पनी, के कारणले हुन्छ महङ्गो ?
Shivam Cement

काठमाण्डौ । के तपाईको मनमा विश्वको सबैभन्दा धेरै सेयरमूल्य भएका कम्पनी को होलान भनेर प्रश्न उब्जने गर्छ ? के सर्वाधिक सेयरमूल्य भएका कम्पनी एप्पल वा माइक्रोसफ्ट होलान ? होइन, यी कम्पनीहरु पक्कै पनि बजार पूँजीकरणका आधारमा विश्वका सर्वाधिक ठूला कम्पनी हुन् तर सर्वाधिक सेयरमूल्य भएका कम्पनी भने होइनन् ।  

विश्व बजारमा यस्ता कम्पनीहरु छन्, जसको सेयरमूल्य आम मानिसले कल्पना समेत गर्न सक्दैन । यी कम्पनीहरुको सेयरमूल्य आम मानिसको पहँचबाट निकै टाढा जस्ता देखिन्छन् ।  

सर्वाधिक सेयरमूल्य भएको कम्पनी भन्नाले के बुझ्ने ?

विश्वकै महङ्गो सेयरमूल्यको बारेमा थाहा पाउनु अघि सर्वाधिक सेयरमूल्य भएको कम्पनी भन्नाले के बुझिन्छ भन्ने थाहा पाउन आवश्यक छ ।  

CG Motors
Garima Development Bank
IME remit

महङ्गो स्टकहरुलाई ती स्टकहरुको रुपमा उल्लेख गर्न सकिन्छ, जसको मूल्य तीव्र रुपमा उच्च छ वा जसको मूल्य आधारभूत आधारहरुको तुलनामा महङ्गो छ । सबैभन्दा महङ्गो स्टकको अर्थ संसारको सबैभन्दा राम्रो स्टक वा सबैभन्दा राम्रो व्यापार गर्ने कम्पनी भन्ने हुदैन । यो त बजारको वर्तमान बजार मूल्य हो, जसलाई अन्य विविध कारक तत्वहरुले महङ्गो बनाउने गर्छ ।  

बजार अस्थिर हुँदा वा मूल्य परिवर्तन हुँदा सबैभन्दा महङ्गो सेयरहरु पनि परिवर्तन हुन्छन् ।  

यी हुन् विश्वका सर्वाधिक सेयरमूल्य भएका कम्पनी ?

वर्कशायर हाथवे इंक

विश्वको सबैभन्दा महङ्गो सेयर मूल्य भएको कम्पनी वर्कशायर हाथवे हो । चर्चित अमेरिकी सेयर कारोबारी बारेन बफेटको यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६ लाख ७२ हजार ९४० डलर रहेको छ । यो कम्पनीको बजार पूँजीकरण ९६०.२९ अर्ब डलर रहेको छ । यस्तै कम्पनीको पीई रेसियो १४.२७ गुणा रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २१ हजार १२५ डलर रहेको छ । जुन महिनासम्म कम्पनीले ३०.३५ अर्ब डलरबराबरको खुद आम्दानी गरेको छ ।  

एनभीआर इंक

विश्वको सबैभन्दा महङ्गो स्टक भएको दोस्रो कम्पनी एनभीआर इंक हो । यो कम्पनी अमेरिकामा आधारित घर निर्माण तथा निर्माण आपूर्ति कम्पनी हो । यो कम्पनीको वर्तमान सेयरमूल्य प्रतिकित्ता ८ हजार ८५४ डलर रहेको छ । २७.२५ अर्ब डलर बजार पूँजीकरण भएको कम्पनीको पीई रेसियो १८.३० कायम छ ।  

अटोजोन  

अटोजोनको सेयरमूल्य विश्वको तेस्रो महङ्गोमा पर्छ । यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३ हजार १७२ डलर रहेको छ । कम्पनीको बजार पूँजीकरण ५४.१९ अर्ब डलर रहेको छ । गत वर्ष यो कम्पनीको सेयरमूल्य ३३.०९ प्रतिशतले बढेको थियो । यो कम्पनी अमेरिकाको टेनेसीमा आधारित कम्पनी हो । जसले अमेरिका,ब्राजिल र मेक्सिको लगायतका देशमा विभिन्न अटो सामाग्रीहरु आपूर्ति गर्ने गर्छ ।    

सीबोर्ड कर्पोरेशन

खाद्य र सूर्तिजन्य व्यवसाय गर्ने सीबोर्ड कर्पोरेशनको सेयरमूल्य पनि उच्च छ । यो कम्पनीले विभिन्न ६ वटा व्यवसाय गर्दै आईरहेको छ । हाल यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३ हजार ९४ डलर रहेको छ । कम्पनीको बजार पूँजीकरण ३ अर्ब डलरबराबर छ ।  

स्कटलाई के ले महङ्गो बनाउँछ ?

सेयरको मूल्य महङ्गो हुनु पछाडि विविध कारणहरु हुन्छन् । कम्पनीहरुले नाफालाई पुनःलगानी गर्न सक्छन् । जसका कारण कम्पनीको नाफा बढ्न गई सेयरमूल्य पनि बढ्ने गर्छ । यसको उदाहरणका लागि वर्कशायर हाथवेलाई लिन सकिन्छ । यो कम्पनीले अहिलेसम्म आफ्ना लगानीकर्तालाई प्रतिफल बाँडेको छैन ।  

यस्तै कम्पनीको बलियो आधारभूत पक्षले समेत सेयरमूल्य महङ्गो हुनमा भूमिका खेल्न सक्छ । वृद्धिको सम्भावनासँगै लगानीकर्ताको मागले पनि सेयरको मूल्यलाई प्रभाव पार्ने गर्छ । जसका कारण कम्पनीको सेयरमूल्य उकालो लाग्ने गर्छ । त्यसैले माग र आपूर्ति पनि सेयरमूल्यलाई प्रभाव पार्ने तत्व हुन् ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.