सोमबार, जेष्ठ ४,२०८३ 11:35:19
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 11:35:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालको विशेष साधारणसभा सम्पन्न, अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित

Laxmi Sunrise Bank Limited
अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालको विशेष साधारणसभा सम्पन्न, अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित
Shivam Cement

काठमाण्डौ । सन् १९१९ मा फ्रान्सको पेरिसमा स्थापित विश्वका व्यवसायीहरुको सर्वोच्च संस्था र १७० देशका करिब ४ लाख ५० हजार सदस्य भएको अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स, नेपाल राष्ट्रिय समितिको विशेष साधारणसभा काठमाण्डौको सोल्टी होटलमा सम्पन्न भएको छ ।  

उक्त अवसरमा बोल्दै आइसीसी नेपालका नवनिर्वाचित अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि आइसीसी नेपालले सरकार, रोजगारदाता, बैंक र वित्तीय क्षेत्र, एवं कानून निर्माता एवं विभिन्न व्यावसायिक संघहरुसित मिलेर समन्वयात्मक ढंगमा कार्य गर्नुका साथै आइसीसीलगायत विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरुको ध्यान नेपालमा लगानी प्रवद्र्धन गर्न तथा नेपालबाट निर्यात प्रवर्दन साथै पर्यटन प्रवर्दन गर्नुका अतिरिक्त देशभित्र र वाहिर परि आउने व्यावसायिक विवादहरुको मध्यस्थताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा जोड दिए ।  

Bizshala
New Office
CG Motors

सबैका लागि शान्ति, समृद्धि र अवसरलाई बढावा दिन खुला अन्तर्राष्ट्रिय व्यापार र लगानी प्रणालीलाई बढावा दिएर हरेक दिन हरेक व्यवसाय र हरेक क्षेत्रका व्यवसायका लागि कार्य गर्नु आइसीसीको मुख्य उद्देश्य रहेको छ ।  

यसै उद्देश्यअन्तर्गत नेपालमा गठित यस आइसीसी नेपालको सम्पन्न साधारणसभाबाट राजेश काजी श्रेष्ठ अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । यस्तै निवर्तमान अध्यक्षमा सुरेन्द्रवीर मालाकार, वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, संघ–संस्थातर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, लिमिटेड कम्पनीहरुको तर्फबाट उपाध्यक्षमा गणेश कार्की, बैकिङ क्षेत्रको उपाध्यक्षमा सुनिल के.सि., इन्स्योरेन्स क्षेत्रको उपाध्यक्षमा चंकी क्षेत्री, एशोसियट कम्पनीहरुको तर्फबाट उपाध्यक्षमा राजेन्द्र अर्याल, पदेन उपाध्यक्षमा राजेन्द्र मल्ल, मानार्थ उपाध्यक्षमा लाक्पा सोनाम शेर्पा, रहेका छन् ।  

यसैगरी, महासचिवमा नरेशप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कुशप्रसाद मल्ली तथा सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे पनि निर्वाचित भएका छन् ।  

कार्यसमिति सदस्यहरुमा भने क्रमशः ज्ञानेन्द्र ढुंगाना, अशोक शेरचन, अशोक अग्रवाल, मिन बहादुर गुरुङ, अर्जुन प्रसाद शर्मा, सुदेश खालिङ, रमेश शर्मा, सुदर्शन चापागाईं, सञ्जय अग्रवाल, उर्मिला श्रेष्ठ, सुुसन कर्माचार्य, देश बन्धु बस्नेत, पवित्र कुमार कार्की, रविचन्द्र सिंह,विजय श्रेष्ठ, त्रिभुवनधर तुलाधर, सुजन श्रेष्ठ, विप्लब पौडेल, दीपककुमार श्रेष्ठ तथा पोषक राज पौडेल निर्वाचित भएका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.