आईतवार, जेष्ठ ३,२०८३ 08:12:10
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 08:12:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मुक्तिनाथ कृषिको छैठौं वार्षिकोत्सव सम्पन्न, कृषिमा लगानी दशक अनुरुप कार्यत्रपत्र प्रस्तुत

Laxmi Sunrise Bank Limited
मुक्तिनाथ कृषिको छैठौं वार्षिकोत्सव सम्पन्न, कृषिमा लगानी दशक अनुरुप कार्यत्रपत्र प्रस्तुत
Shivam Cement

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीको छैठौं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको उपलक्षयमा नेपाल सरकारले घोषणा गरेको ‘कृषिमा लगानी दशक’ अनुरुप कार्यत्रपत्र प्रस्तुती गरिएको छ ।  

सरकारी, गैरसरकारी, नीजि र सहकारी क्षेत्रले खेल्नुपर्ने भूमिकाको सम्बन्धमा कृषि तथा पशुपन्छि विकास मन्त्रालयका मन्त्रि रामनाथ अधिकारीको प्रमुख आतिथ्यता र राष्ट्रिय योजना आयोग, राष्ट्रिय किसान आयोग, गाउँपालिका महासंघ, नगरपालिका संघ, राष्ट्रिय सहकारी महासंघ, उद्योग वाणिज्य महासंघ, विकास साझेदार र कृषि क्षेत्रका विभिन्न २५० भन्दा बढि सरोकारवालाहरुको उपस्थितिमा कार्यत्रपत्र प्रस्तुती सहित विभिन्न क्षेत्रका वक्ताहरुले कार्यपत्रमाथि धारणा राखेका थिए ।  

Bizshala
New Office
CG Motors

उक्त अवसरमा मन्त्रि अधिकारीले न्यून आय भएका किसान र सरकारबीच जोडि कृषकहरुको आयस्तर वृद्धि गर्नको लागि नीजि क्षेत्र र सहकारीको भूमिका महत्वपूर्ण हुने धारणा राख्दै नीजि क्षेत्रको लगानीलाई आकर्षित गर्न नेपाल सरकार प्रतिवद्ध रहेको जानकारी दिए ।  

त्यस्तै उनले रैथाने खाद्यान्नको प्रवर्द्धन गर्ने, रासायनिक विषादीको प्रयोगलाई न्यूनिकरण गरी स्वच्छ उत्पादन गर्ने, अनुदान प्रणालीलाई व्यवस्थित र संस्थागत गर्ने र चक्लाबन्दि र सामुहिक खेतिलाई प्रवर्द्धन गर्ने मुख्य प्राथमिकतामा राखेको जानकारी दिए ।  

त्यस्तै, कार्यपत्र माथि आफ्ना दृष्टिकोण राख्ने क्रममा वक्ताहरुले संघ सरकार नीतिगत व्यवस्थापनमा, प्रदेश सरकारहरु औद्योगिक आयोजनाको विकासमा, स्थानिय सरकारहरु उत्पादन र वितरणमा, नीजि क्षेत्र प्रविधि प्रसार, उद्योगहरुको सञ्चालन तथा व्यवस्थापन र बजारीकरणमा, सहकारी क्षेत्र कृषक र उपभोक्ताहरुलाई तल्लो तहसम्म सेवा प्रदान गर्ने संस्थागत संरचनाको रुपमा र विकास साझेदारहरु क्षमता अभिवृद्धि र सामाजिक विकासमा लाग्नुपर्ने विषयमा जोड दिएका थिए ।  

त्यस्तै, राष्ट्रिय योजना आयोगका सदस्य डा. जय वहादुर टण्डनले नीजि क्षेत्रको लगानीलाई आकर्षण गर्न बलियो नियमनकारी निकाय आवश्यकताको विषय उचित रहेको बताउँदै यसलाई छलफलमा ल्याउनु पर्नेमा जोड दिए । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.