सोमबार, असार २,२०८२ 05:08:27
  • सोमबार, असार २,२०८२ 05:08:27
Global IME Bank Limited

रिटेल पेमेन्ट स्वीचको भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि, ४ महिनादेखि लगातार मासिक ५ खर्ब बढीको कारोबार

Hyundai Nepal
रिटेल पेमेन्ट स्वीचको भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि, ४ महिनादेखि लगातार मासिक ५ खर्ब बढीको कारोबार
Nabil Bank Limited

काठमाण्डौ । विसं २०७८ पुस महिनाबाट नेशनल पेमेन्ट स्वीच(एनपीएस)अन्तर्गत कार्यान्वयनमा रहेको रिटेल पेमेन्ट स्वीच(आरपीएस)ले २०८१ असार मसान्त सम्म ६ खर्ब ७३ अर्बको भुक्तानी कारोबार फछ्र्याैट गरेको छ । यो कारोबार रकमको आधारमा गत वर्षको तुलनामा ३८% ले बढी हो । यस्तै कारोबार संख्याको आधारमा ४९% ले बढी हो ।  

यसरि गत ४ महिना देखि आरपीएसमा मासिक ५ खर्ब भन्दा बढिको कारोबार हुँदै आएको छ ।  क्रमशःजेष्ठ महिनामा ५ खर्ब ७७ अर्ब, वैशाख महिनामा ५ खर्ब २७ अर्ब र चैत्र महिनामा ५ खर्ब १७ अर्ब गरी गत आवमा भुक्तानी कारोबारहरु भएका हुन् । आव २०८०/८१ मा आरपीएसमार्फत कुल ५६ खर्ब ९७ अर्बबराबरको भुक्तानी कारोबार भएको नेपाल क्लियरिङ हाउस(एनसीएचएल)ले जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाल राष्ट्र बैंकबाट प्रकाशित पेमेन्ट्स इन्डिकेटर अनुसार आरपीएसबाट हुने भुक्तानी कारोबार चेक,आइपीएस, मोबाइल बैंकिङ तथा कार्डबाट हुने गरेको कारोबार भन्दा बढी रहेको छ । २०७८ पुस देखि एक छुट्टै च्यानलको रुपमा एनपीएसअन्तर्गत कार्यान्वयनमा रहेको आरपीएसले कारोबार संख्या र रकमको आधारमा ४ गुणाले वृद्धि गरेको छ ।  

यसबाट डिजिटल भुक्तानीमा उल्लेख्य वृद्धि भई क्यासलेस सोसाइटी तर्फको यात्रालाई थप टेवा पुगेको बुझ्न सकिन्छ ।  

केहो रिटेल पेमेन्ट स्वीच?

सन् २०१७ मा फास्टर पेमेन्ट सिस्टमको  रुपमा कार्यान्वयनमा ल्याइएको कनेक्ट आइपीएसले मोबाइल एप, वेब तथा गेटवेका च्यानलमार्फत रियल टाइम भुक्तानीको सेवाको थालनी गरेको थियो । 

यस्तै, सन् २०२१ डिसम्बर महिनामा नेशनल पेमेन्ट स्वीचअन्तर्गत नन्–कार्ड भुक्तानीहरु फछ्र्यौटका निम्तीयसलाई आ।पीएस भनी एक छुट्टै सिस्टमका रुपमा सञ्चालन गरिएको थियो । आरपीएसमार्फत विभिन्न इन्स्ट्रुमेन्टहरु स्थापना गरी बैंक खातामा आधारित रियल टाइम भुक्तानीहरु, बैंक वित्तीय संस्थाको वैकल्पिक च्यानलमार्फत गरिने भुन्तानीहरुका साथै बैंक वित्तीय संस्थालगायत भुक्तानी सेवा प्रदायक , भुक्तानी प्रणाली सञ्चालक ,  रेमिट्यान्स कम्पनी बीमा कम्पनी, सरकारी तथा पूँजीबजार सम्बन्धीका विभिन्न निकायहरुले यो प्रणाली प्रयोग गर्दै आफ्नो सेवाविस्तार गर्दै आएका छन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.