मंगलवार, असार १०,२०८२ 07:34:23
  • मंगलवार, असार १०,२०८२ 07:34:23
Global IME Bank Limited

५ फाइनान्स कम्पनी घाटामा, सर्वाधिक नाफा कमाउनेमा प्रोग्रेसिभ

Hyundai Nepal
५ फाइनान्स कम्पनी घाटामा, सर्वाधिक नाफा कमाउनेमा प्रोग्रेसिभ
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिनामा प्रोग्रेसिभ फाइनान्स सर्वाधिक नाफा कमाउने फाइनान्स कम्पनी बन्न सफल भएको छ । फाइनान्सले ८ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरी सर्वाधिक नाफा कमाउने कम्पनी बनेको हो ।  

सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीमध्ये १२ वटा कम्पनी साउनमा नाफामा देखिएका छन् भने बाँकी ५ वटाले घाटा ब्यहोरेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै, दोस्रो धेरै नाफा कमाउनेमा आइसीएफसी फाइनान्स रहेको छ । कम्पनीले २ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यसका साथै गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सले पनि २ करोड ५९ लाख रुपैयाँ कमाएर तेस्रो स्थान कायम गरेको छ ।  

यसका साथै सेन्ट्रल फाइनान्सले १ करोड ७१ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सले १ करोड ४५ लाख रुपैयाँ, गुडविल फाइनान्सले १ करोड २८ लाख रुपैयाँ, रिलायन्स फाइनान्सले १ करोड २८ लाख, जानकी फाइनान्सले १ करोड ७ लाख रुपैयाँ, गोर्खाज फाइनान्सले ९८ लाख रुपैयाँ, श्री इन्भेष्टमेन्ट फाइनान्सले ६५ लाख रुपैयाँ, मल्टीपर्पस फाइनान्सले ६३ लाख रुपैयाँ र नेपाल फाइनान्सले १५ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

नेपाल राष्ट्र बैंकका अनुसार ५ फाइनान्स कम्पनी भने घाटामा रहेका छन् । सर्वाधिक समृद्धि फाइनान्स ८ करोड ६९ लाख रुपैयाँ घाटामा रहेको छ । त्यस्तै, पोखरा फाइनान्स २६ लाख रुपैयाँ, बेष्ट फाइनान्स १२ लाख रुपैयाँ, क्यापिटल मर्चेन्ट र नेपाल सेयर मार्केट ८–८ लाख रुपैयाँ घाटामा रहेका हुन् ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.