सोमबार, असार २,२०८२ 04:54:33
  • सोमबार, असार २,२०८२ 04:54:33
Global IME Bank Limited

एशियन लाइफको नाफा ११.४५% ले बढ्यो,बीमाशुल्क आर्जनमा पनि वृद्धि

Hyundai Nepal
एशियन लाइफको नाफा ११.४५% ले बढ्यो,बीमाशुल्क आर्जनमा पनि वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको १४ करोड ३४ लाख रुपैयाँको तुलनामा ११.४५ प्रतिशतले बढी हो ।  

कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ५७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ९.६१ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको खसद बीमाुशल्क आर्जन ३ अर्ब २६ करोड रुपैयाँ थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै कम्पनीको कुल खर्च ५ अर्ब ८ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवमा ४ अर्ब ९० करोड रुपैयाँ थियो । कम्पनीले ४ अर्ब ६३ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । यो रकम गत आवको तुलनामा ८.२३ प्रतिशतले बढी हो । कम्पनीले लगानी तथा कर्जाबाट १ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको छ ।  

कम्पनीको महावित्तती कोषको आकार बढेर २१ करोड रुपैयाँ पुगेको छ । कम्पनीको रिटेन्ड अर्निङ ५३ करोड ३३ लाखबाट घटेर ४४ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ ।  

समीक्षा अवधिसम्म कम्पनीले २८ अर्ब ५९ करोड रुपैयाँबराबरको दीर्घकालिन लगानी र ९ अर्ब ६८ करोड रुपैयाँबराबरको अल्पकालिन लगानी गरेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी १०.०२ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १२०.९३ रुपैयाँ र पीई अनुपात ६७.८६ गुणा कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.