मंगलवार, असार ३,२०८२ 08:17:28
  • मंगलवार, असार ३,२०८२ 08:17:28
Global IME Bank Limited

कोदोको बिस्कुट र कुकिज प्रवर्द्धनमा आर्क्स फूड, विदेशमा निर्यात सुरु

Hyundai Nepal
कोदोको बिस्कुट र कुकिज प्रवर्द्धनमा आर्क्स फूड, विदेशमा निर्यात सुरु
Nabil Bank Limited

काठमाण्डौ। आर्क्स फूडले नेपाली बजारमा कोदोको बिस्कुट र कुकीज बिक्री सुरु गरेको छ । स्थानीय उत्पादन कोदो र चक्की आटाको मिश्रणबाट बनेको बिस्कुट र कुकिज आम उपभोक्ताको स्वाद र स्वास्थ्यलाई ख्याल गरी बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

‘हाम्रा उपभोक्तालाई स्वस्थ स्न्याकिङ विकल्पहरू प्रदान गर्ने दिशामा कोदोको बिस्कुट र कुकिजमार्फत एक ठूलो कदम चालेका छौं,’ आर्क्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठ भन्छन्, ‘अहिलेका उपभोक्ताहरु आफ्नो खानाको बारेमा सचेत छन् र उनीहरु स्वस्थ विकल्पहरु खोजिरहेका छन् भने यस मागलाई पूर्ति गर्न हामीले बजारको अध्ययन अनुसन्धान पछि कोदोको बिस्कुट र कुकिज बजारमा ल्याएका हौं ।’

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कोदो आफैँमा अत्यन्त पौष्टिक अन्न भएकोले यसमा प्रोटिन, फाइबर, क्याल्सियम, आइरन, र एन्टिअक्सिडेन्टहरू प्रशस्त मात्रामा पाइन्छ । यसले मधुमेह नियन्त्रण, पाचन प्रक्रियमा सुधार, वजन नियन्त्रण मा महत्वपुर्ण भूमिका खेल्छ । यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाई हड्डीलाई मजबुत राख्न मद्दत गर्छ ।

कम्पनीले अन्तर्राष्ट्रिय स्तरमा पनि यो बिस्कुट पुर्याउने तयारी गरिरहेको जनाएको छ । हालसम्म अष्ट्रेलियाली ग्राहकबाट राम्रो प्रतिक्रिया पाएपछि आर्क्स फूडले अष्ट्रेलियामा निर्यात सुरु गरिसकेको छ भने भारत र दुबईमा पनि स्याम्पल पठाइसकेको छ । ति मुलुकबाट पनि राम्रो प्रतिक्रिया आएकोले उक्त देशहरुमा पनि चाँडै विस्तार गर्ने तयारी रहेको जनाइएको छ ।

आर्क्स फूडका कोदो बिस्कुट र कुकीज नेपालभरका प्रमुख सुपरमार्केट, भाटभटेनी, किराना पसल र अनलाइन किनमेल प्लेटफर्महरूमा उपलब्ध छन् । कम्पनीले उपभोक्तालाई नयाँ उत्पादनको स्वाद लिन र आफ्नो मूल्यवान् प्रतिक्रिया प्रदान गर्न प्रोत्साहित गरेको छ ।

काठमाण्डौ भृकुटी मण्डपमा भइरहेको स्टक क्लियरेन्स मेलामा पनि कोदोको बिस्कुट र कुकिजको  प्रवर्द्धन भइरहेको र यसमा ‘फ्री टेस्टिङ’ साथै दुईवटा किन्दा एउटा निःशुल्क दिने अफर पनि चलिरहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.