सोमबार, मंसिर १५,२०८२ 02:12:38
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 02:12:38
Bizshala
Global IME Bank Limited

नेपालको पहिलो अफ–रोडर एसयुभी ‘जेइको जेसिक्स’ लाइभ स्ट्रिममार्फत सार्वजनिक

Hyundai Nepal
नेपालको पहिलो अफ–रोडर एसयुभी ‘जेइको जेसिक्स’ लाइभ स्ट्रिममार्फत सार्वजनिक
Shivam Cement

काठमाण्डौ । एसपीजी अटोमोबाइल्सले गत सोमबार एक अनलाइन लाइभ प्रसारण गरी विभिन्न मिडियाको साथमा जेइको जेसिक्सको विशेष प्रोडक्ट ब्रिफिङ गरेको छ ।ओमोडा एन्ड जेइको नेपालका कन्ट्रि डिरेक्टर सोङ ह्वाइफुद्वारा सञ्चालित कार्यक्रम चीनमा सम्पन्न भएको थियो । कार्यक्रममा अनलाइनमार्फत शारडा ग्रुपका विशेष अतिथीहरू, मिडिया तथा प्रभावशाली व्यक्तित्वहरूको उपस्थिती रहको थियो ।

नेपाली बजारमा इलेक्ट्रिक एसयुभी ओमोडा इफाइभले सफलता पाएपछि, एसपीजी अटोमोबाइल्सले नेपालको पहिलो इलेक्ट्रिक अफ–रोडर एसयुभी नाडा अटो सो २०२४ को अवसरमा सार्वजनिक गरेको थियो । इभी तथा गाडी पारखीमाझ यस एसयुभी छोटो समयभित्रै उत्कृष्ट लोकप्रियता हासिल गरेको कम्पनीले जनाएको छ । 

हालसालै धुलिखेलस्थित डर्ट–टेम्पल अफ–रोड ट्र्याकमा सम्पन्न भएको ड्राइभिङ च्यालेन्जमा पनि जेइको जेसिक्सले आफुलाई एक उत्कृष्ट अफ–रोडर इलेक्ट्रिक एसयुभीको रूपमा स्थापित र प्रमाणित गरेको कम्पनीले दाबी गरेको छ । कम्पनीका  अनुसार यसको २०० मिलिमिटरको पर्याप्त ग्राउन्ड क्लियरेन्सले अफ(रोडमा उत्कृष्ट प्रदर्शन गर्छ र चालकलाई बलियो आत्मविश्वास र सुरक्षाको अनुभुती दिलाउँछ ।

CG Motors
Garima Development Bank
IME remit

जेइको जेसिक्सले उत्कृष्ट रगेड डिजाइन तथा व्यवहार(उपयोगी विशेषताहरू प्रदान गर्दछ । जेसिक्सको टेलगेटमा स्टोरेज ब्याग रहेको छ जुन अन्य एसयुभीहरूमा प्राय पाइँदैन । जेसिक्सको शक्तिशाली इलेक्ट्रिक इन्जिनले मात्र ६ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको एक्सेलेरेसन दिन्छ । जे सिक्समा रहेको २७१६ मिलिमिटरको ह्विलबेसले कठिन भू–भागहरूमा, टाइट टर्निङका लागि उपयुक्त हुने टर्निङ रेडियस प्रदान गर्दछ । एक्स्ट्रिम यु–टर्न गर्ने बेलामा गाडीको ‘अल(टरेन् मोड’ एक्टिभेट हुन्छ जसद्वारा टर्निङ रेडियस ५.७ मिटरबाट ४.५ मिटरमा घट्छ ।  

स्लोप, लो–ट्र्याकसन तथा डाउनहिलमा ड्राइभ गर्दा गाडीले टार्गेट अनुसार अटोमेटिक गति एडजस्ट गरी अधिकतम कन्ट्रोल कायम गर्दछ । साथै, स्लो क्रलिङको लागि थ्रोटल र ब्रेकलाई कन्ट्रोल गरी टार्गेट स्पिङ कायम गर्दछ र अफ-रोडमा भरपर्दो अनुभव प्रदान गर्दछ । साथै जेसिक्सको ‘वाटर वेडिङ’ क्षमता पनि उत्कृष्ट रहेको छ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

यसको वायर हार्नेस कनेक्टर ‘आइपि सिक्सटि सेभेन’ रेटिङमा प्रमाणित रहेको छ भने ब्याट्रि ‘आइपिएक्स एट’ र ‘आइपिएक्स नाइन’ को रेटिङ प्रमाणित रहेको छ । जसले गर्दा ६०० मिलिमिटरको अधिकतम वाटर–वेडिङ डेप्थ प्रदान गर्छ । यही वेडिङ क्षमतालेपानी, हिउँ, हिलो, ग्राभल वा जुनसुकै परिस्थितिमा पनि सहज ड्राइभिङ अनुभव कायम गर्दछ । यस गाडीको अरू विशेषतामा ‘मोटर–ड्रिभन’ चार्जिङ पोर्ट र सुन्दर डिजाइनको ‘थ्रि(स्पोक’ स्टेयरिङ ह्विल पर्दछ । यसको सेन्टर कन्सोलमा कप होल्डरहरू एडजस्ट गर्न सकिने र फ्लेक्सिबल छन् ।  

साथै, एउटा उत्कृष्ट विशेषतामा वायरलेस फोन चार्जिङ एरिया पर्दछ जसमा मोबाइल डिभाइसलाई तापक्रम ‘कुल’ राख्नका लागि भेन्टिलेसन सिस्टम पनि समावेश गरिएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.