बुधबार, असार १८,२०८२ 10:44:59
  • बुधबार, असार १८,२०८२ 10:44:59
Global IME Bank Limited

निर्जीवन बीमा कम्पनीहरुको नाफा ४८.६४% ले वृद्धि,नाफा र ईपीएसमा नेपाल इन्स्योरेन्स अब्बल

Hyundai Nepal
निर्जीवन बीमा कम्पनीहरुको नाफा ४८.६४% ले वृद्धि,नाफा र ईपीएसमा नेपाल इन्स्योरेन्स अब्बल
Nabil Bank Limited

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आवको दोस्रो त्रैमाससम्म २ अर्ब ७८ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । १३ वटा कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीहरुको खुद नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४८.६४ प्रतिशतले वृद्धि भएको हो ।  

गत आवमा कम्पनीहरुले १ अर्ब ८७ करोड ५२ लाख रुपैयाँ  खुद नाफा कमाएका थिए ।  

खुद नाफा आर्जन गर्नेमा नेपाल इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीले समीक्षा अवधिसम्म ४९ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रो स्थानमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । यो कम्पनीले दोस्रो त्रैमाससम्ममा ४२ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । ३६ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो अवधिसमम सबैभन्दा थोरै खुद नाफा एनएलजी इन्स्योरेन्सले कमाएको छ । कम्पनीले ८ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

दोस्रो त्रैमाससम्म नेशनल इन्स्योरेन्स भने १ करोड ७ लाख रुपैयाँ घाटामा रहेको छ ।  

वृद्धिदरमा को अघि ?

गत आवको तुलनामा समीक्षा अवधिसम्म खुद नाफा वृद्धिदरका आधारमा पनि नेपाल इन्स्योरेन्स कम्पनी नै अब्बल देखिएको छ । कम्पनीले २३२।३३ प्रतिशतले नाफा वृद्धि गरेको छ । त्यस्तै दोस्रो स्थानको प्रभु इन्स्योरेन्सले २०२।१७ प्रतिशतले नाफा बढाएको छ ।  

त्यस्तै, सिद्धार्थ प्रिमियर इ्रन्स्योरेन्स ११७।३४ प्रतिशतले नाफा बढाउन सफल भएको छ । ओरियण्टल इन्स्योरेन्सले पनि शतप्रतिशत नै नाफा बढाउन सफल भएको छ ।  

ईपीएस कुनको कति रु

समीक्षा अवधिसम्म राष्ट्रिय बीमा कम्पनीको प्रतिसेयर आम्दानी९ईपीएस० ३२०।४८ रुपैयाँ रहेको छ । ईपीएस धेरै हुनेमा नेपाल इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीको ईपीएस ६०।५५ रुपैयाँ कायम भएको छ ।  

यसैगरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स २५।७५ रुपैयाँ ईपीएसका साथ तेस्रो स्थानमा रहेको छ । शिखर इन्स्योरेन्सको ईपीएस १८।९२ रुपैयाँ कायम भएको छ ।  

नेको इन्स्योरेन्सले भने चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छैन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.