बुधबार, जेष्ठ ६,२०८३ 05:52:34
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 05:52:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

निर्जीवन बीमा कम्पनीहरुको नाफा ४८.६४% ले वृद्धि,नाफा र ईपीएसमा नेपाल इन्स्योरेन्स अब्बल

Laxmi Sunrise Bank Limited
निर्जीवन बीमा कम्पनीहरुको नाफा ४८.६४% ले वृद्धि,नाफा र ईपीएसमा नेपाल इन्स्योरेन्स अब्बल
Shivam Cement

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आवको दोस्रो त्रैमाससम्म २ अर्ब ७८ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । १३ वटा कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीहरुको खुद नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४८.६४ प्रतिशतले वृद्धि भएको हो ।  

गत आवमा कम्पनीहरुले १ अर्ब ८७ करोड ५२ लाख रुपैयाँ  खुद नाफा कमाएका थिए ।  

खुद नाफा आर्जन गर्नेमा नेपाल इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीले समीक्षा अवधिसम्म ४९ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रो स्थानमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । यो कम्पनीले दोस्रो त्रैमाससम्ममा ४२ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । ३६ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ ।  

Bizshala
New Office
CG Motors

यो अवधिसमम सबैभन्दा थोरै खुद नाफा एनएलजी इन्स्योरेन्सले कमाएको छ । कम्पनीले ८ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

दोस्रो त्रैमाससम्म नेशनल इन्स्योरेन्स भने १ करोड ७ लाख रुपैयाँ घाटामा रहेको छ ।  

वृद्धिदरमा को अघि ?

गत आवको तुलनामा समीक्षा अवधिसम्म खुद नाफा वृद्धिदरका आधारमा पनि नेपाल इन्स्योरेन्स कम्पनी नै अब्बल देखिएको छ । कम्पनीले २३२।३३ प्रतिशतले नाफा वृद्धि गरेको छ । त्यस्तै दोस्रो स्थानको प्रभु इन्स्योरेन्सले २०२।१७ प्रतिशतले नाफा बढाएको छ ।  

त्यस्तै, सिद्धार्थ प्रिमियर इ्रन्स्योरेन्स ११७।३४ प्रतिशतले नाफा बढाउन सफल भएको छ । ओरियण्टल इन्स्योरेन्सले पनि शतप्रतिशत नै नाफा बढाउन सफल भएको छ ।  

ईपीएस कुनको कति रु

समीक्षा अवधिसम्म राष्ट्रिय बीमा कम्पनीको प्रतिसेयर आम्दानी९ईपीएस० ३२०।४८ रुपैयाँ रहेको छ । ईपीएस धेरै हुनेमा नेपाल इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीको ईपीएस ६०।५५ रुपैयाँ कायम भएको छ ।  

यसैगरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स २५।७५ रुपैयाँ ईपीएसका साथ तेस्रो स्थानमा रहेको छ । शिखर इन्स्योरेन्सको ईपीएस १८।९२ रुपैयाँ कायम भएको छ ।  

नेको इन्स्योरेन्सले भने चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छैन ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X