बुधबार, जेष्ठ ६,२०८३ 05:17:46
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 05:17:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बाढीपहिरोको क्षतिले बीमा कम्पनीमा रु.७.२८ अर्बको दाबी माग, कुन कम्पनीमा कति ?

Laxmi Sunrise Bank Limited
बाढीपहिरोको क्षतिले बीमा कम्पनीमा रु.७.२८ अर्बको दाबी माग, कुन कम्पनीमा कति ?
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय आएको भिषण वर्षाका कारण नेपालभरी क्षति पुर्याएको छ । बाढी पहिरोकै कारण अर्बौ रुपैयाँको धनसम्पत्ति र सैयौंको ज्यान समेत गएको छ ।

नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुमा ठूलो रकमको बीमा दाबी पर्ने देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बाढी पहिरोका कारण भएको क्षतिमा निर्जीवन बीमकहरुमा ७ अर्ब २८ करोड रुपैयाँको दाबी भुक्तानी माग हुने अनुमान गरेको छ ।  

प्राधिकरणले इन्स्योरेन्स कम्पनीहरुमा आएको दाबी विवरण तथा बाढी पहिरोले पुगेको क्षतिको प्रारम्भिक निरीक्षणबाट ७ अर्ब २८ करोड ८५ लाख रुपैयाँको दाबी माग हुने अनुमान गरिएको हो ।

Bizshala
New Office
CG Motors

प्राधिकरणका अनुसार प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचना बमोजिम सर्वाधिक सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा कुल ३१९ वटा दाबी वापत १ अर्ब ८१ करोड ४ लाख रुपैयाँ बराबरको बीमा दाबी पर्ने अनुमान गरिएको छ ।  

त्यस्तै, दि ओरियन्टल इन्स्योरेन्समा कुल १४७ वटा दाबी वापत १ अर्ब ४४ करोड १० लाख रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्समा कुल २१६ वटा दाबी वापत १ अर्ब १७ करोड ४१ लाख रुपैयाँ बराबरको बीमा दाबी पर्ने अनुमान गरिएको छ ।  

यसका साथै नेको इन्स्योरेन्समा २२३ वटा बीमा दाबीको ८९ करोड ८४ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २९१ वटा दाबीको ६३ करोड रुपैयाँ, शिखर इन्स्योरेन्समा ३२२ वटा दाबीको ४६ करोड ५८ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्समा २५ वटा दाबीको २३ करोड ६६ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियलमा २४८ वटा दाबीको २० करोड ६४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा १२८ वटा दाबीको १५ करोड २४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ६० वटा दाबीको १२ करोड ६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा ८३ वटा दाबीको ४ करोड १७ लाख रुपैयाँ, सानिमा जिआइसीमा ८८ वटा दाबीको २ करोड ८६ लाख रुपैयाँ बराबरको दाबी पर्ने अनुमान गरिएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

यसका साथै लघु बीमा कम्पनीहरुमा समेत बीमा दाबी माग पर्ने देखिएको छ । प्राधिकरणका अनुसार स्टार माइक्रो इन्स्योरेन्समा ७ वटा दाबीको ६१ लाख रुपैयाँ बराबरको दाबी पर्ने देखिएको छ ।  

त्यस्तै, ट्रस्ट माइक्रो इन्स्योरेन्समा ४ वटा दाबीको ९ लाखरुपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्समा ३ वटा दाबीको ४ लाख रुपैयाँ र प्रोटेक्टिम माइक्रो इन्स्योरेन्समा ३ वटा दाबीको १ लाख ३० हजार रुपैयाँ बीमा दाबी पर्ने अनुमान गरिएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X