सोमबार, असार २,२०८२ 12:33:04
  • सोमबार, असार २,२०८२ 12:33:04
Global IME Bank Limited

प्रभु बैंकको नाफा र खुद ब्याज आम्दानी दुवै बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?

Hyundai Nepal
प्रभु बैंकको नाफा र खुद ब्याज आम्दानी दुवै बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको नाफा र खुद ब्याज आम्दानी दुवै बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा र आम्दानी दुवै बढेको देखिएको हो ।  

बैंकले चालु आवको पहिलो त्रैमाससम्ममा १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ०.६२ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्ममा बैंकले १ अर्ब ३ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकले नाफाका साथै खुद ब्याज आम्दानी समेत बढाएको छ । बैंकले समीक्षा अवधिसम्ममा २ अर्ब ६२ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको २ अर्ब ५४ करोड रुपैयाँको तुलनामा ३.१६ प्रतिशतले बढी हो । यस्तै बैंकले खुद शुल्क तथा कमिशन आम्दानीबापत ६१ करोड ३२ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । बैंकको खुद सञ्चालन आम्दानी भने ३.४४ प्रतिशतले घटेर ३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।  

बैंकले कर्मचारीका लागि १ अर्ब ८ करोड रुपैयाँ र अन्य सञ्चालनका लागि ४९ करोड ६६ लाख रुपैयाँबराबरको खर्च गरेको छ ।  

२३ अर्ब ५४ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ ३ करोड ४७ लाख रुपैयाँ मात्रै रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको रिटेन्ड अर्निङ १ अर्ब २२ करोड रुपैयाँबराबर थियो । बैंकको रिजर्भको आकार २०.६१ प्रतिशतले बढेर १४ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।  बैंकको वितरणयोग्य मुनाफामा व्यापक गिरावट आएको छ । अघिल्लो आवको प्रथम त्रैमाससमम ३२ करोड ५१ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा घटेर ३ करोड ४७ लाख रुपैयाँमा सीमित बनेको छ । बैंकको लाभांश क्षमता दर ०.५९ प्रतिशत रहेको छ ।  

बैंकको खराब कर्जा अनुपात ४.९४ प्रतिशत रहेको छ ।  

समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी १७.६८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.९३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४.९९ गुणा र तरलता अनुपात ३४.५६ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.