सोमबार, असार २,२०८२ 01:27:45
  • सोमबार, असार २,२०८२ 01:27:45
Global IME Bank Limited

आरएसडिसी लघुवित्तको नाफा र खुद ब्याज आम्दानी दुवै घट्यो, खराब कर्जा अनुपात भने बढ्यो

Hyundai Nepal
आरएसडिसी लघुवित्तको नाफा र खुद ब्याज आम्दानी दुवै घट्यो, खराब कर्जा अनुपात भने बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार संस्थाले पहिलो त्रैमाससम्म २ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३५.९९ प्रतिशतले कम हो । अघिल्लो आवको प्रथम त्रैमाससम्म संस्थाले ४ करोड ७ लाख खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी पनि घटेको छ । संस्थाले समीक्षा अवधिसम्म ६ करोड ४० लाख खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५.९२ प्रतिशतले कम हो । गत आवको पहिलो त्रैमाससम्म संस्थाले ६ करोड ८१ लाख खुद ब्याज आम्दानी गरेको थियो । संस्थाको खुद सञ्चालन आम्दानी भने ३१.६८ प्रतिशतले घटेर ४ करोड ९९ लाख रुपैयाँमा सीमित बनेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म संस्थाले कर्मचारीका लागि १ करोड २१ लाख रुपैयाँ र अन्य सञ्चालन खर्च २० लाख ५० हजार रुपैयाँबराबर गरेको छ । संस्थाको रिटेन्ड अर्निङ भने १४.८९ प्रतिशतले घटेर ११ करोड १८ लाख रुपैयाँमा सीमित बनेको छ । पहिलो त्रैमाससम्म संस्थाले १ करोड ७७ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ । संस्थाको खराब कर्जा अनुपात १.४९ प्रतिशतबाट बढेर २.५७ प्रतिशत कायम भएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ११.०५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७४४.३९ रुपैयाँ, पीई रेसियो ६७.७५ गुणा, तरलता अनुपात ०.५२ प्रतिशत र प्रतिसेयर नेटवर्थ १३०.४५ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.