मंगलवार, माघ २०,२०८२ 07:48:51
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 07:48:51
Bizshala
Global IME Bank Limited
Bizshala

अर्काको काम गर्दै पनि बन्न सकिन्छ करोडपति, यी हुन ६ उपाय

अर्काको काम गर्दै पनि बन्न सकिन्छ करोडपति, यी हुन ६ उपाय
Shivam Cement

काठमाण्डौ । विश्वको जोकोही व्यक्ति करोडपति बन्न चाहन्छ । तर, चाहनेजति सबै करोडपति बन्न सक्दैनन्, त्यसको एउटा कारण हो मानिसहरु जीवनभरि अर्काका लागि काम गर्छन वा काम गर्न रुचाउँछन् । तर, अरु व्यक्तिहरुका लागि काम गरेर समेत करोडपति बन्न सकिन्छ । हामी आज एजेन्सीहरुको सहयोगमा यस्तै ६ उपाय बताउन गइरहेका छौ, जसको माध्यमबाट तपाईको करोडपति बन्ने सपना सहजै साकार हुनेछ । 

१.साइड विजिनेश सुरु गर्नुहोस्
तपाईको आफ्नो ड्यूटी आवर सकिएपछि बचेको समयमा केही न केही साइड विजिनेश गरेर अतिरिक्त आम्दानी गर्न सक्नुुहुन्छ । इन्टरनेटको दुनियाँमा अनलाइनमै बसेर वा अनलाइनसँग सम्बन्धित काम गरेरै पनि कुस्त कमाउने प्रशस्त अवसरहरु छन् । जुन फिल्डमा तपाईको लगाव छ, त्यहीसँग सम्बन्धित विजिनेश पार्टटाइमको रुपमा सुरु गर्न सक्नुुहुन्छ । यस्तो गर्दा जागिर र आफ्नो साइड विजिनेशबाट समेत आम्दानी भई तपाईंको आर्थिकस्तर स्थिर र मजबुत बन्नेछ । 

स्टक अप्सन छनौट गर्नुहोस्
जागिर खाने सिलसिलामा पछिल्लो समय कतिपय कम्पनीले तपाईले थोरै तलब र धेरै त्यही कम्पनीको सेयर तथा बोनस अफर गर्छन् । यस्तो खालको अफर स्टार्टअप कम्पनीमा बढी प्राप्त हुन्छ । तपाईले यस्तो अफरलाई चुकाउनुुहुन्न । क्षमतावान कर्मचारीको उम्मेद्वार यस्ता कम्पनीको सेयर पाउने अवसरलाई छनौट गरी रातारात करोडपति भएका कयौं उदाहरण देश विदेशमा छन् । तपाईले पनि यही शैली अपनाउनुुभयो भने आगामी दिनमा करोडपति बन्ने पक्का छ । 

Bizshala
Garima Development Bank
New Office

३.खर्चमा कटौति गर्नुहोस्
तपाईले जति थोरै खर्च गर्नुभयो, उति नै बढी पैसा तपाईको बैंक खातामा जम्मा हुँदै जान्छ । धेरै खर्च गर्न थाल्नुुभयो भने तपाईले बचत गर्न सक्नुुहुन्न । विश्वका अधिकांश धनी मानिस आफ्नो आवश्यकताको हिसाबले मात्र खर्च गरिरहेका छन्, उनीहरु अनावश्यक खर्च गर्नबाट सधैं जोगिन्छन् । यदि तपाई सानो घरमा बस्नुुहुन्छ र सामान्य बाइक नै प्रयोग गर्नुहुन्छ भने पनि यसले तपाईलाई कुनै नकारात्मक प्रभाव पार्दैन, कारण कम्तीमा तपाईको खर्च कम हुन्छ र बचत ज्यादा हुन्छ । तर, कोही कोही मानिस मोटरसाइकल हुँदा हुँदा सौख पूरा गर्नैका लागि महंगो कार खरीद गर्छन्, उस्तै मोवाइल खरीद गर्छन । 

एकतले बस्न लायक घर हुँदा हुँदै देखासिकी गर्दै तला थप्छन् र भविष्यका लागि लगानी गर्नुपर्ने रकम अचल सम्पत्तिमा खन्याइदिने गल्ती गर्छन् । आजको दुनियाँमा सामान्य चार कोठाको एकतला बनाउँदा ३० लाख बढी खर्च हुन्छ । यति ठूलो खर्च गरेर तला थपी आफू माथिल्लो तलामा सरेर तल्लो तला बढीमा १५ हजारमा मासिक भाडा लगाउँछन् । ३० लाख लगानी गरेर मासिक १५ हजारको रिटर्नमा चित्त बुुझाउने काम नै गलत रहेको विज्ञ बताउँछन् । अहिलेको बैंक रेटमा ३० लाख मुद्धती खातामा जम्मा गरिदिने हो भने वार्षिक न्यूनतम आरामले ३ लाख ब्याज प्राप्त हुन्छ । तर, हामी १ लाख ८० हजार भाडामा चित्त बुुझाउन बानी परेका छौ । 

४.बुुझेर मात्र लगानी गर्नुहोस् 
हिजोआज सेयर बजार अतिरिक्त आम्दानीको राम्रो माध्यम बनेको छ । राम्रो कम्पनीको सेयरमा लगानी गरेर तपाईले अर्काको काम गर्दा गर्दै राम्रो पैसा कमाउन सक्नुुहुन्छ । सेयर बजारको बिषयमा राम्रो ज्ञान छैन भने विज्ञहरुको सल्लाह लिन सक्नुुहुन्छ र त्यसको आधारमा आफ्नो आर्थिक लक्ष्य चुम्न सक्नुुहुन्छ । जब तपाईको आम्दानी बढ्न थाल्छ, त्यसपछि रियल स्टेटमा समेत लगानी गरेर थप आम्दानी गर्न सकिन्छ । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

५.विजिनेशलाई टेकओभर गर्नुहोस्
कतिपय बिजिनेशका मालिक रिटायर्ड हुन्छन् वा अन्य कुनै विजिनेशमा सर्ने गर्छन । यस्तो बेलामा तपाईको भाग्य चम्किन सक्छ । यो कसरी होला भनेर सोचिरहनुुभएको होला । तपाईले वर्षौ जुन विजिनेशमा रहेर काम गरिरहनुुभएको छ, त्यो विजिनेशको बिषयमा तपाईलाई जत्ति ज्ञान अरुलाई हुनसक्दैन । त्यही अनुुभवले म पनि राम्रोसँग त्यस्तै कम्पनी चलाउन सक्छुु भन्ने आँट तपाईमा पनि आउनसक्छ । यदि तपाई भरोसायोग्य हुनुुहुन्छ भने विजिनेश चलाइरहेको मालिक रिटायर्ड भएपछि वा अन्त कुनै क्षेत्रमा सरेपछि बाँकी विजिनेश ह्याण्डल गर्ने गहन जिम्मेवारी तपाईले पाउन सक्नुुहुन्छ । 

६. विजिनेश पार्टनर बन्नुहोस्
करोडपति बन्नका लागि पहिलो तरिका हो, कुनै एक विजिनेशलाई पार्टनरसीपमा सुरु गर्ने वा कुनै विजिनेशमा पार्टनर बन्ने । धेरैजसो विजिनेशम्यानहरु समेत सुरुवातमा कि त पार्टनरसिपमा विजिनेश सुरु गर्छन् वा आफैं एक्लैले पनि सुरु गरेका हुन्छन् । आफ्नो विजिनेश बढाउनका लागि नयाँ आइडिया लगाएर काम थाल्नुुहोस् । यदि तपाईलाई आफूसँग कुनै विजिनेश गर्ने क्षमता छ भन्ने लाग्छ भने आफ्नै विजिनेशको सुरुवात गर्न ढिला नगर्नुहोस् । विजिनेश बढेसँगै तपाईको आम्दानी बढ्नेछ र यही क्रम बढ्दै जाँदा तपाई हेर्दा हेर्दै करोडपति बन्नुुहुनेछ । 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.