आईतवार, जेष्ठ ३,२०८३ 11:05:01
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 11:05:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ट्रम्पको जितसँगै विश्व सेयर बजारको उछालले ग्राउण्ड जिरोका लगानीकर्ता दंग, भन्छन्, ‘नेपालको पनि बढ्छ’

Laxmi Sunrise Bank Limited
ट्रम्पको जितसँगै विश्व सेयर बजारको उछालले ग्राउण्ड जिरोका लगानीकर्ता दंग, भन्छन्, ‘नेपालको पनि बढ्छ’
Shivam Cement

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । आज हामीले काठमाण्डौ अनामनर आसपासका ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर सञ्चालकहरुसँग बजारको विषयमा जानकारी लिएका छौं । आज हामी सबै भन्दा पहिले अनामनगरमा रहेको कालिक सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४६) मा पुगेका थियौं ।  

चाडपर्वपछि खुलेको पहिलो कारोबार भएको कारण ब्रोकर हाउसमा आज लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो । आज बिहानको सुरुवाती प्रहरदेखि नै बजारले निरन्तर गति लिएको थियो । केही लगानीकर्ताहरु चाडपर्वकै विषयमा गफगाफ गर्दै थिए भने केहीले अब सबै चाडपर्व सकिएका कारण बजार बढ्नुको बिकल्प नरहेको तर्क गर्दै थिए । यसै सिलसिलामा एक लगानीकर्ताले राम मन्दिरको प्रसाद खाँउ है साथिहरु भन्दै मिठाइ बाँडे । ‘लौ ! यो मिठाइ खाएपछि त अब बजार नबढि सुखै छैन,’ एक लगानीकर्ताले ठट्यौली पारामा भने ।  

Bizshala
New Office
CG Motors

यस बेलासम्म दिनको साढे ११ बजिसकेको थियो । सेयर बजार निरन्तर उकालो यात्रा तय गर्दै थियो । यत्तिकैमा एक लगानीकर्ताले डिस्प्लेमा हेर्दै भने ‘अब त साथिहरु चाडपर्व पनि सकिए । अमेरिकाको चुनाबमा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव जितेका छन् । अब विश्व युद्ध पनि टरेको छ ।’ उनले थप्दै भने, ‘ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेस्किलाई फोन सम्पर्क गरे रे । यहि कारण विश्व सेयर बजारमा उछाल आएको छ । अब नेपालको बजार पनि बढ्छ ।’  

तर उनीसँगै बसेका लगानीकर्ता भने उनीसँग त्यति सहमत देखिएनन्  । सँगै बसेका साथिले भने, ‘अमेरिकाको चुनाबले हामीलाई केही फरक पर्दैन । यसले नेपालको बजार प्रभावित हुन्छ जस्तो लाग्दैन मलाई त ।’ उनलाई जबाफ दिँदै सँगै बसेका अर्का एक लगानीकर्ताले भने युद्ध नभए तेलको मूल्य घट्दै जान्छ । तेलको मूल्य घटेपछि महङ्गी पनि घट्दै जान्छ । नेपालमा पनि तरलता फालाफाल छ । यहि कारण अब बजार नबढि सुखै छैन । ब्रोकर हाउसहरुमा यस्तै गफगाफ चल्दै थिए । भित्ताको घडिमा दिनको १२ बज्दै थियो । बजार पनि बिस्तारै तल माथि गर्दै थियो ।  

हामी त्यहाँबाट अनामनगरमा नै रहेको इम्पेरियल सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ४५) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो । यस ब्रोकरमा भेटिएका लगानीकर्ताले अब हाईड्रो कम्पनीको सेयरमूल्य बढ्ने तर्क गर्दै थिए । केहीले सानिमा हाइड्रो चल्ने भन्दै थिए भने केहीले कम्पनीका साना प्रोजेक्ट सकिएका कारण चिलिमे जलविद्युत कम्पनी पनि चल्ने सक्ने आँकलन गर्दै थिए ।  

Garima Development Bank
Shivam Cement
IME remit

यस ब्रोकरमा पनि अब बजारले गति लिनेमा लगानीकर्ताहरु ढुक्क देखिन्थे । केही समयको बसाईपछि हामी अनामनगर मोडमा रहेको प्रिमिएर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३२) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उस्थिति राम्रै थियो । यहाँ भेटिएका लगानीकर्ताहरुले पनि अमेरिकामा डोनाल्ड ट्रम्पले चुनाब जितेको र नेपालमा पनि चाडपर्व  सकिएको कारण अब बजारले गति लिने तर्क गरे ।  

यसपछि हामी प्राइमो सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर १६) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताको उपस्थिति सामान्य थियो । यहाँ भेटिएका लगानीकर्ताहरु पनि अब चाडपर्व सकिएका कारण  बजार बढ्नेमा ढुक्क देखिए । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ता भन्दै थिए, ‘सेयर भनेको खेलाडी लागेको नै किन्नु पर्ने रहेछ । राम्रा भनेर किनेका सेयर वर्षौ पाल्दा पाल्दा हैरान भईयो ।’

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.