सोमबार, असार २,२०८२ 02:07:44
  • सोमबार, असार २,२०८२ 02:07:44
Global IME Bank Limited

अरुण भ्याली हाईड्रोपावर आम्दानी बढाउन र खर्च घटाउन सफल, नाफामा ७२०.५२% को उछाल

Hyundai Nepal
अरुण भ्याली हाईड्रोपावर आम्दानी बढाउन र खर्च घटाउन सफल, नाफामा ७२०.५२% को उछाल
Nabil Bank Limited

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आम्दानी बढाउँदा र खर्च घटाउदा कम्पनीको नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७२०.५२ प्रतिशतले धेरै हो ।  

अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीले १ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले  विद्युत बिक्रीमार्फत ७ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४८५.५७ प्रतिशतले धेरै हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै, कम्पनीले यो अवधिमा ११ करोड २१ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ । अघिल्लो वर्ष भने कम्पनीले ८ करोड ९३ लाख रुपैयाँ अन्य आम्दानी गरेको थियो । अघिल्लो आवको पहिलो त्रैमाससम्म ६ करोड ५६ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले चालु आवको सोही अवधिसम्म भने ३ करोड ६९ लाख रुपैयाँ मात्रै खर्च गरेको छ । यसरी कम्पनीले ४३.६३ प्रतिशतले खर्च घटाएको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ८३ करोड र कुल चालु दायित्व २४ करोड २१ लाख रुपैयाँ रहेको छ । कम्पनीले प्र्वद्र्धन गरिरहेको माथिल्लो काबेली २ बुदुमखोला जलविद्युत आयोजनाको विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति पत्र प्राप्त गरी दुवै आयोजनाको विद्युत खरिदबिक्रीका लागि नेपाल विद्युत प्राधिकरणमा आवेदन दिइएको कम्पनीले जनाएको छ ।  

यो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१२.१२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०६.८३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२१.८५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २३.८४ गुणा र तरलता अनुपात ७.५६ प्रतिशत कायम भएको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.