मंगलवार, जेष्ठ ५,२०८३ 10:53:47
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 10:53:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल इन्टरनेट फाउन्डेसनलाई इमर्जिङ डिजिटल सोलुसन्स एण्ड इकोसिस्टम अवार्ड प्राप्त

Laxmi Sunrise Bank Limited
नेपाल इन्टरनेट फाउन्डेसनलाई इमर्जिङ डिजिटल सोलुसन्स एण्ड इकोसिस्टम अवार्ड प्राप्त
Shivam Cement

काठमाण्डौ । नेपाल इन्टरनेट फाउन्डेसनलाई इमर्जिङ डिजिटल सोलुसन्स एण्ड इकोसिस्टम अवार्ड २०२४ प्राप्त गरेको छ ।  

एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसनको आयोजनामा जापानको टोकियोमा नोभेम्बर ६ देखि ८ सम्म भएको असोसियो डिजिटल शिखर सम्मेलन २०२४ मा फाउन्डेसनले उक्त अवार्ड पाएको हो ।  

एभरेष्ट कम्युनिटी नेटवर्क (ईसीएन) परियोजना सञ्चालन गरेर डिजिटल सेवा प्रवाहमा महत्त्वपूर्ण योगदान गरेवापत फाउन्डेसनले इमर्जिङ डिजिटल सोलुसन्स एण्ड इकोसिस्टम अवार्ड पाएको छ । समुद्र सतहदेखि ४ हजार मिटरको उचाईमा नेपाल इन्टरनेट फाउन्डेसनले इको टुरिजम प्रवर्द्धन, वातावरण संरक्षण र इन्टरनेट जडान दिन खुन्दे र खुम्जुङ गाउँमा एभरेष्ट कम्युनिटी नेटवर्क स्थापना गरेको छ ।  

Bizshala
New Office
CG Motors

परियोजनाले यी बस्तीहरूमा इन्टरनेट जडान गर्दै स्थानीय शेर्पा समुदायलाई डिजिटल उपकरण र स्रोतहरू उपलब्ध गराएर दुर्गम हिमाली गाउँहरू खुन्दे र खुम्जुङमा डिजिटल विभाजनलाई कम गर्न विशेष भूमिका खेलेको छ ।  

गत अगस्ट १६ मा नेपालको खुम्बु क्षेत्रको थामे गाउँमा आएको विनाशकारी बाढीको समयमा एभरेष्ट कम्युनिटी नेटवर्क सञ्चार प्रक्रियामा ठूलो भूमिका खेलेको थियो ।  

त्यसले गर्दा भरपर्दो इन्टरनेट पहुँचले कसरी जीवन बचाउन सक्छ रु समुदायको सुरक्षा गर्न सक्छ र कठिन परिस्थितिमा पनि प्रभावकारी विपद् प्रतिक्रियालाई सहज बनाउन सक्छ रु भन्ने उदाहरण देखिएको छ ।  

परियोजनाको प्रविधिको नवीन प्रयोग, शिक्षा, स्वास्थ्य सेवा, सूचना, पर्यटन प्रवर्द्धन र शेर्पा होमस्टे, इन्टरनेट बैंकिङ र सामुदायिक संलग्नतामा महत्वपूर्ण भूमिका निर्बाह गरेबापत नेपाल इन्टरनेट फाउन्डेसनले इमर्जिङ डिजिटल सोलुसन्स एन्ड इकोसिस्टम अवार्ड प्राप्त गरेको हो ।  

Garima Development Bank
Shivam Cement
IME remit

एसोसियो एसियाका २४ राष्ट्रहरूको सूचना प्रविधि संस्थाहरूको अन्तर्राष्ट्रिय महासंघ हो । असोसियोले प्रत्येक वर्ष शिखर सम्मेलन आयोजना गर्दै आफ्ना सदस्य मुलुकका उत्कृष्ट सेवा प्रदायकहरूलाई पुरस्कृत गर्दै आएको छ । यस वर्षको अवार्डका लागि २०० भन्दा बढी प्रतिस्पर्धी संस्थाहरू विभिन्न विधामा मनोनित भएका थिए ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X