मंगलवार, जेष्ठ ५,२०८३ 10:53:37
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 10:53:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कात्तिक २९ गतेदेखि ‘फिन इलेक्ट्रो टेक’ प्रदर्शनी एवं गोष्ठीको ११औं संस्करण आयोजना हुने

Laxmi Sunrise Bank Limited
कात्तिक २९ गतेदेखि ‘फिन इलेक्ट्रो टेक’ प्रदर्शनी एवं गोष्ठीको ११औं संस्करण आयोजना हुने
Shivam Cement

काठमाण्डौ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा इलेक्ट्रीक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको अर्न्तराष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्ठीको एघारौं संस्करण ‘फिन इलैक्ट्रो टेक २०२४’ कार्तिक २९ देखि मंसिर २ गतेसम्म आयोजना हुने भएको छ । विद्युत तथा विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तराष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि उक्त प्रर्दशनी काठमाण्डौको भृकुटीमण्डप स्थित प्रर्दशनी हलमा आयोजना हुन लागेको हो ।

आम उपभोक्तालाई पनि नविनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका साथ यस वर्ष ‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ को नाराका साथ ‘फिन इलेक्ट्रो टेक २०२४’ को आयोजना हुँन लागेको आयोजकले जनाएको छ । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रबिधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवर्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्त्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुयाउने लक्ष्य यस संस्करणको रहेको छ । 

Bizshala
New Office
CG Motors

उद्योगी, व्यवसायी एंव उद्यमीहरू माझ अनुकुल व्यवसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्नुको साथै उपभोक्ता हकहित सम्बन्धी जन चेतनामूलक कार्यक्रमहरु प्रदर्शनी अवधी भरी सञ्चालन गरिने छ ।

ट्रान्सवेल ट्रान्सर्फमरद्वारा प्रायोजित “फिन इलेक्ट्रो टेक २०२४ू को हल भित्र ४४ वटा ब्लकहरु, २८ स्टलहरु रहेको एक प्याभिलिएन रहेको छ र हल बाहीर डोममा २६ वटा स्टलहरु रहेका छन । यस पटक फिन इलेक्ट्रो टेक २०२४ मा भारतको वाणिज्य तथा उद्योग मन्त्रालयको सहयोगमा भारतीय चेम्बर अफ कमर्सले हल भित्रको २८ स्टलहरु रहेको प्याभिलिएनमा इन्डिया पावर शोको लागि इन्डियन उद्योगी एवं व्यवसायीहरुले बुकिङ गरेका छन । फिन इलेक्ट्रो टेक २०२४ मा हल भित्र र हल बाहिर गरि जम्मा ९८ वटा प्याभिलियन तथा स्टलहरु रहेका छन् ।

Garima Development Bank
Shivam Cement
IME remit

जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनीक प्रकारका स्वीचहरु, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ । प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसंग प्रत्यक्ष अन्तर्क्रिया गरी आफ्ना उत्पादनहरू बारे जानकारी दिनेछन भने अवलोकन कर्ताको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकहरुका लागि छुट्टै सेल्स एरियाको व्यवस्था गरिएको छ ।

प्रत्येक दुई वर्षमा अयोजना हुने इलेक्ट्रो टेकको यस संस्करणमा टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रालि) रहेको छ भने प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रालि) रहेको छ ।

यसै गरी डायमण्ड स्पोन्सरमा अर्किड इलेक्ट्रिकल्स (अर्किड इलेक्ट्रिकल्स प्रालि) र जानकी केबल (जानकी केबल इन्डस्ट्री प्रालि) रहेका छन । प्रदर्शनीका गोल्ड स्पोन्सरमा सिएन एस (प्राइम भेन्चर्स प्रालि), लिशा एण्ड टिन्ज (वेलकम टेक्नोल प्रालि), स्विफ्ट गोल्ड (बबिता ट्रेडर्स) र केइआई जनता (जनता केबल इन्डस्ट्रिज प्रालि) रहेका छन।  

यसै गरी,अफिसिएल बैंकमा गरिमा विकास बैंक लिमिटेड र अफिसिएल इन्स्योरेन्समा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड रहेका छन भने अफिसिएल क्यारियरमा ग्लोबल कलस लजिस्टीक रहेको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X