मंगलवार, जेष्ठ ५,२०८३ 01:53:43
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 01:53:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वार्षिक कार्ययोजना बमोजिमका कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

Laxmi Sunrise Bank Limited
वार्षिक कार्ययोजना बमोजिमका कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
Shivam Cement

काठमाण्डौ । संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वार्षिक कार्ययोजना बमोजिमका सबै कार्यक्रम समयमै सम्पन्न गर्न सबै निकायहरूलाई निर्देशन दिएका छन् ।

मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक प्रगति समीक्ष एवम् मन्त्रालयलयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले मन्त्रालय र अन्तर्गतका निकायहरूमार्फत धेरै काम गर्न बाँकी रहेकाले वार्षिक कार्ययोजना बमोजिमका सबै काम समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन् । मन्त्रालय र अन्तर्गतका निकायहरूको त्रैमासिक प्रगति सन्तोषजनक रहे पनि अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ ।

‘मन्त्रालयको कार्यक्षेत्र अन्तर्गतको विषयगत समितिको बैठक यथाशीघ्र राखी प्रशासनिक सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा सहजीकरण गर्न आवश्यक छ,’ मन्त्री गुप्ताले भने, ‘यी सबै कार्यमा यहाँहरू सबै निकायको सहयोग र समन्वयको अपेक्षा गर्दै वार्षिक कार्ययोजना बमोजिम सबै कार्यक्रम समयमै सम्पन्न गर्न सबै निकायलाई निर्देशन गर्दछु ।’

Bizshala
New Office
CG Motors

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले गरेको कार्यसम्पादन सम्झौता, मन्त्रालयको तर्फबाट पेश गरिएको १०० र २०० दिनको कार्ययोजना तथा मन्त्रालयको कार्यविभाजन बमोजिम सङ्घीयता कार्यान्वयनमा सहजीकरण गर्ने, सार्वजनिक सेवामा मानव संशाधन व्यवस्थापन गर्ने, सेवा प्रवाह र सुशासन सुनिश्चित गर्ने र स्थानीय पूर्वाधार विकासमा सहजीकरण गर्नु मन्त्रालयको मुल कार्यभार भएको मन्त्री गुप्ताको भनाइ छ । उल्लेखित कार्यहरूमा मन्त्रालयले थप क्रियाशीलतासहित कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।

संसदमा विचाराधीन सङ्घीय निजामती सेवा ऐन, निर्माणमुखी सामग्रीको व्यवस्थापनसम्बन्धी ऐनको शीघ्र स्वीकृतिका लागि पनि मन्त्रालयको समग्र टीमले समन्वय र सहजीकरण गर्नुपर्ने उनले बताए । सङ्घीयतालाई थप सवलीकरण गर्नेगरी स्थानीय सरकार सञ्चालन ऐनको संशोधन मस्यौदा छिट्टै सङ्घीय संसदमा पेश गर्नुपर्ने उनको भनाइ छ ।

Garima Development Bank
Shivam Cement
IME remit

बैठकमा मन्त्रालयका सह–सचिव एवम् प्रवक्ता काली प्रसाद पराजुलीले मन्त्रालयको समग्र प्रस्तुति राखेका थिए । यस्तै, राष्ट्रिय किताबखानाका महानिर्देशक वैकुण्ठ निधी शर्मा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका अध्ययन निर्देशक सुन्दर श्रेष्ठ, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कानून लाल चौधरी, निजामती कर्मचारी अस्पतालका उपसचिव जोरा सिंह धामी र आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्यसचिव कमल राज राजवंशीले आ–आफ्नो निकायको प्रस्तुति राखेका थिए ।  

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थी,  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदी, राष्ट्रिय योजना आयोगकका सह–सचिव यज्ञराज कोइरालालगायतको उपस्थिति थियो । साथै, बैठकमा सामान्य प्रशासन मन्त्रालयका सह–सचिवहरू, महानिर्देशक र शाखा प्रमुखहरूको पनि सहभागिता थियो । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.