बिहीबार, असार १८,२०८३ 11:51:14
Bizshala
  • बिहीबार, असार १८,२०८३ 11:51:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा सीईओ पदका लागि पुनः दरखास्त आह्वान

Laxmi Sunrise Bank Limited
राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा सीईओ पदका लागि पुनः दरखास्त आह्वान

काठमाण्डौ । राष्ट्रिय जीवन बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत(सीईओ)पदका लागि दोस्रोपटक सूचना जारी गरेको छ । कम्पनीले रिक्त रहेको सीईओ पद खुला प्रतियोगिताबाट परिपूर्ति गर्न दोस्रोपटक दरखास्त आह्वान गरेको हो ।  

यसअघि गत असोज १६ गते पहिलोपटक गरिएको दरखास्त आह्वानमा कुनै पनि उम्मेदवार सर्टलिष्ट परेका थिएनन् । कम्पनीले दोस्रोपटक खुलाएको दरखास्त आह्वानमा सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिनु पर्नेछ ।  

New Office
CG Motors
Garima Development Bank

आवेदकको शैक्षिक योग्यता,अनुभव र उमेर कार्यविधिको दफा ४ बमोजिम योग्यता तथा उमेर भएको र कार्यविधिको दफा ६ बमोजिम अयोग्य नभएको हुनु पर्ने कम्पनीले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

दरखास्त आवेदन पेश गर्दा शैक्षिक योग्यता, अनुभव, सम्पर्क ठेगाना (इमेल, टेलिफोन, मोबाइल नम्बर, घर वा कार्यालयको ठेगाना) खुलेको विस्तृत वैयक्तित विवरण,उम्मेदवार आफैँले प्रमाणित गरेको नेपाली नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र, तालिम तथा अनुभवको कागजातको प्रतिलिपि र पाँच हजार शब्दमा नबढ्ने गरी तयार गरिएको कम्पनीको व्यावसायिक कार्ययोजना पेश गर्नु पर्नेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.