सोमबार, जेष्ठ ४,२०८३ 08:21:24
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 08:21:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्न चिनियाँ पक्ष असमर्थ, भएन समझदारी

Laxmi Sunrise Bank Limited
बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्न चिनियाँ पक्ष असमर्थ, भएन समझदारी
Shivam Cement

काठमाण्डौ । नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा चिनियाँ पक्षले असमति जनाएपछि हस्ताक्षर हुन सकेन । नेपालले ऋणबाहेक अनुदान मात्रै लिने गरी गरेको प्रस्तावमा चिनियाँ पक्षले असहमति जनाएपछि फ्रेमवर्कमा हस्ताक्षर हुन नसकेको हो ।  

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा नेपाली पक्षले तयार पारेको बीआरआई सहकार्य फ्रेमवर्कका केही शब्दहरुमा चिनियाँ पक्षले असहमतिपूण प्रतिक्रिया जनाएपछि मस्यौदामा हस्ताक्षर हुन नसकेको स्रोतले जनाएको छ ।  

Bizshala
New Office
CG Motors

प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीचको द्धिपक्षीय वार्तापछि ९ बुँदे सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यद्यपी यो सहमति मुख्य रुपमा आयोजतागत रुपमा मात्र थियो । भ्रमणमा सहभागी एक अधिकारीका अनुसार आयोजनामा गरिने कार्य आ–आफ्नै तरिकाले लागू हुने र उक्त आयोजनाको कार्यान्वयन बीआरआई अन्तर्गत हुनेछ ।  

Garima Development Bank
Shivam Cement
IME remit

चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा पनि बीआरआई सम्झौताको विषयले स्थान नपाएपछि प्रम ओलीको चीन भ्रमणका दौरानमा सहकार्य फ्रेमवर्कमा हस्ताक्षर नहुने भएको छ ।  

नेपालले पठाएको उक्त फ्रेमवर्कभित्रका ऋण, लगानी र अनुदान जस्ता शब्दहरुमा चिनियाँ र नेपालबीच लामो छलफल भएको थियो । चिनियाँ पक्षबाट उक्त शब्दको फ्रेमवर्कमा असहमति नभएपछि हस्ताक्षर हुन नसकेको स्रोतले जनाएको छ । नेपालले भने सन् २०१७ मा बीआरआईको समझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.