आईतवार, जेष्ठ ३,२०८३ 03:47:29
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 03:47:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कम उमेरमा स्वास्थ्य बीमा किन गर्ने ? यस्ता छन् फाइदा

Laxmi Sunrise Bank Limited
कम उमेरमा स्वास्थ्य बीमा किन गर्ने ? यस्ता छन् फाइदा
Shivam Cement

काठमाण्डौ । आधुनिक जीवनमा बीमाको एकदमै महत्व हुने गर्छ । बढ्दो जोखम र अनिश्चितताका कारण बीमाको महत्व झनै बढेको छ । यसमाथि बदलिदो जीवनशैली,वातारण प्रदुषण,नयाँ–नयाँ रोगको जोखिम र अखाद्य वस्तुको बढ्दो प्रयोगले स्वास्थ्य  बीमाको महत्वको उचाई चुलिएको छ ।

स्वास्थ्य बीमा गर्दा यसले चिकित्सा उपचार खर्चको कभरेज प्रदान गर्छ । आमरुपमा बीमासँग सम्बन्धित विज्ञहरुले जतिसक्दो कम उमेरमा स्वास्थ्य बीमा खरिद गर्न सल्लाह सुझाव दिने गर्छन। स्वास्थ्य समस्या जुनसुकै बेलापनि आउनसक्ने भएकाले यसको सामना गर्नका लागि जो कोहिले पनि आर्थिक रुपबाट तयार रहनुपर्छ। यदि कुनै व्यक्तिले कम उमेरमा स्वास्थ्य बीमामा लगानी गर्छ भने उसलाई मिश्रित फाइदा प्राप्त हुने गर्दछ। कम उमेरमा स्वास्थ्य बीमा खरीद गर्न किन आवश्यक छ त ? यस्ता छन् कारण ?

Bizshala
New Office
CG Motors

तुलनात्मक रुपमा कम प्रिमियम लागत  

कम उमेरमा बीमा खरिदको शीर्ष लाभमध्ये एक हो, प्रिमियमको लागत कम हुनु। विज्ञहरुका अनुसार स्वास्थ्य बीमाको प्रिमियम, पोलिसीहोल्डरको उमेरमा अत्यधिक निर्भर हुने गर्छ। वास्तवमै बढी उमेर भएका व्यक्तिको तुलनामा कम उमेर भएको व्यक्तिको प्रिमियर कम हुने गर्छ।  

वित्तीय सुरक्षा  

अस्पताल भर्ना शुल्कको अलावा स्वास्थ्य बीमा योजनाको अन्य स्वाथ्य लाभ पनि हुने गर्दछ। स्वास्थ्य बीमा योजना हुँदा आफ्नो खल्तीबाट भुक्तानी गर्नुपर्ने आवश्यकता पर्देन। यो हुँदा स्वाथ्य सम्बन्धि खर्चको बारेमा चिन्ता नलिईकन आफ्नो वित्तीय स्रोतलाई उचित ढंगले व्यवस्थापन गर्न सकिन्छ ।  

जीवनशैलीसँग सम्बन्धित रोगहरुबाट सुरक्षा  

अहिलेको व्यस्त र बदलिँदो जीवन शैली, उमेरभन्दा अगावै अर्थात कम उमेरमा नै मधुमेह,मुटुसँग सम्बन्धित रोगहरु र अन्य कयौँ रोगहरु निम्त्याउने कारक बनेको छ। यि रोगहरुको उपचारका लागि भविष्यमा आउने ठूला–ठूला खर्चहरुबाट बच्नका लागि जतिसक्दो चाँडो स्वाथ्य बीमा खरीद गर्न आवश्यक हुन्छ। 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.