सोमबार, असार २,२०८२ 12:37:28
  • सोमबार, असार २,२०८२ 12:37:28
Global IME Bank Limited

बिट्क्वाइनको मूल्य पहिलोपटक १ लाख डलर नाघ्यो, एक वर्षमा दोब्बर वृद्धि

Hyundai Nepal
बिट्क्वाइनको मूल्य पहिलोपटक १ लाख डलर नाघ्यो, एक वर्षमा दोब्बर वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । बिट्क्वाइनको मूल्य पहिलोपटक १ लाख डलर माथि पुगेको छ । अमेरिकी राष्ट्रपति पदमा निर्वाचित डोनाल्ड ट्रम्पबाट ठूलो राजनीतिक तथा नियामकिय समर्थन पाउने विश्वासका साथ लगानीकर्ताले लगानी बढाउदा बिट्क्वाइनको मूल्य नयाँ उचाईमा पुगेको हो ।  

नोभेम्बरको सुरुवातमा भएको निर्वाचनमा ट्रम्प विजयी भएदेखि बिट्क्वाइनको मूल्य ४० प्रतिशतले बढिसकेको छ । एक वर्षको अवधिमा भने बिट्क्वाइनको मूल्य दोब्बरले बढेको छ । निर्वाचनअघि ट्रम्पले अमेरिकालाई बिट्क्वाइनको ‘सुपरहाउस’ बनाउने बताएका थिए । जसपश्चात बिट्क्वाइनमा लगानी वृद्धि भईरहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बुधबार ट्रम्पले क्रिप्टोको पक्षमा वकालत गर्ने पउल एट्किन्सलाई बजारको मुख्य नियामक,‘सेक्युरिटीज् एण्ड एक्सचेञ्ज कमिशन’ सञ्चालन गर्न मनोनयन गरेका छन् । यसले क्रिप्टोकरेन्सीका लागि अनुकूल नियामकिय वातावरण सिर्जना हुने विश्वास गरिएको छ ।  

ट्रम्पले अन्य थुप्रै क्रिप्टोमा रुचि राख्ने व्यक्तिहरुलाई समेत शीर्ष जिम्मेवारी दिएका छन् ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.