सोमबार, जेष्ठ ४,२०८३ 12:06:34
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 12:06:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बिट्क्वाइनको मूल्य पहिलोपटक १ लाख डलर नाघ्यो, एक वर्षमा दोब्बर वृद्धि

Laxmi Sunrise Bank Limited
बिट्क्वाइनको मूल्य पहिलोपटक १ लाख डलर नाघ्यो, एक वर्षमा दोब्बर वृद्धि
Shivam Cement

काठमाण्डौ । बिट्क्वाइनको मूल्य पहिलोपटक १ लाख डलर माथि पुगेको छ । अमेरिकी राष्ट्रपति पदमा निर्वाचित डोनाल्ड ट्रम्पबाट ठूलो राजनीतिक तथा नियामकिय समर्थन पाउने विश्वासका साथ लगानीकर्ताले लगानी बढाउदा बिट्क्वाइनको मूल्य नयाँ उचाईमा पुगेको हो ।  

नोभेम्बरको सुरुवातमा भएको निर्वाचनमा ट्रम्प विजयी भएदेखि बिट्क्वाइनको मूल्य ४० प्रतिशतले बढिसकेको छ । एक वर्षको अवधिमा भने बिट्क्वाइनको मूल्य दोब्बरले बढेको छ । निर्वाचनअघि ट्रम्पले अमेरिकालाई बिट्क्वाइनको ‘सुपरहाउस’ बनाउने बताएका थिए । जसपश्चात बिट्क्वाइनमा लगानी वृद्धि भईरहेको छ ।  

Bizshala
New Office
CG Motors

बुधबार ट्रम्पले क्रिप्टोको पक्षमा वकालत गर्ने पउल एट्किन्सलाई बजारको मुख्य नियामक,‘सेक्युरिटीज् एण्ड एक्सचेञ्ज कमिशन’ सञ्चालन गर्न मनोनयन गरेका छन् । यसले क्रिप्टोकरेन्सीका लागि अनुकूल नियामकिय वातावरण सिर्जना हुने विश्वास गरिएको छ ।  

ट्रम्पले अन्य थुप्रै क्रिप्टोमा रुचि राख्ने व्यक्तिहरुलाई समेत शीर्ष जिम्मेवारी दिएका छन् ।  

 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.