मंगलवार, जेष्ठ ५,२०८३ 11:27:10
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 11:27:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिटिजन्स बैंकको अगुवाईमा ४१.०६ मेगावाटको संखुवाखोला जलविद्युत परियोजनाको वित्त व्यवस्थापन

Laxmi Sunrise Bank Limited
सिटिजन्स बैंकको अगुवाईमा ४१.०६ मेगावाटको संखुवाखोला जलविद्युत परियोजनाको वित्त व्यवस्थापन
Shivam Cement

काठमाण्डौ । सिटिजन्स बैँक इन्टरनेसनलको अगुवाईमा एभरेष्ट बैंक ,नेपाल एसबिआइ बैंक र सानिमा बैँकसहित ४ बैंकहरुले रु. ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी ४१.०६ मेगावाट क्षमताको संखुवाखोला जलविद्युत परियोजना आउने भएको छ ।  

मंसिर २४ गते सोमबारका दिन प्रवद्र्धक कम्पनी गुराँस हाईड्रो लिमिटेड एवं लगानीकर्ता बैंकहरुबीच वित्तीय व्यवस्थापनका लागि सह–वित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ । उक्त परियोजना कोशी प्रदेश, संखुवासभा जिल्ला, सिलिचोङ गाउँपालिका र भोजपुर जिल्ला, साल्पा सिलिचाछो गाउँपालिकमा निर्माण हुनेछ ।

परियोजनाको अनुमानित लागत करीब रु. ८ अर्ब २० करोडमध्ये बैंकहरुले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा रु. ६ अर्ब १५ करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये सिटिजन्स बैंकबाट रु. २ अर्ब ९० करोड, एभरेष्ट बैंकबाट रु. १ अर्ब २५ करोड, नेपाल एसबिआई बैंकबाट १ अर्ब २५ करोड र सानिमा बैंकबाट रु. ७५ करोड लगानी हुनेछ भने २५% स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने छ । परियोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको संखुवासभा स्थित सित्तलपाटी सबस्टेशनमा जोडिने छ । कम्पनीकाअनुसार आयोजनाबाट हिउँदमा ७५.०४१ गिगावाट घन्टा र बर्षायाममा १६५.८८८ गिगावाट गरी बार्षिक २४०.९२९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

Bizshala
New Office
CG Motors

सह–वित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेलले सिटिजन्स बैंकले स्थापनाकालदेखि नै एकल लगानीका साथै आफ्नो अगुवाई, सह अगुवाई  तथा अन्य बैंकहरुसँगको सह वित्तीयकरण कर्जा मार्पmत जलविद्युतलगायत हरित उर्जा क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको  र बैंकिङ क्षेत्र एवं स्वतन्त्र उर्जा उत्पादकहरुको संयुक्त लगानीबाट धेरै आयोजनाहरुको निर्माण भई सञ्चालनमा आएका कारण देशको समग्र उर्जा क्षेत्रको विकासमा नीजि क्षेत्रको ठूलो योगदान रहेको बताए ।  

Garima Development Bank
Shivam Cement
IME remit

हालसम्म निर्माण सम्पन्न भएका १२४.५४१ मेगावाट क्षमताका १३ वटा आयोजना र निर्माणाधिन ५१६.५७४ मेगावाट क्षमताका १६ वटा आयोजना सहितजम्मा ६४१.११५ मेगावाट क्षमताका २९ वटा आयोजनामा सिटिजन्स बैंकको लगानी रहेको छ । सिटिजन्स बैंकले हाल सम्म १५ वटा हाइड्रोपावर आयोजनामा अगुवा बैंक, २ वटा हाइड्रोपावर आयोजनामा सह अगुवा बैंक, ९ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंक रुपमा र ३ वटा हाइड्रोपावर आयोजनामा एकल लगानी रहेको छ । प्रवद्र्धक कम्पनी गुराँस हाईड्रो लिमिटेडका तर्फबाट अध्यक्ष शिव प्रसाद घिमिरेले आगामी चार वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादनगर्ने लक्ष्य रहेको र हालसम्म नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पुरा गरी सकिएकोले आयोजना तत्काल निर्माण शुरुगरि समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X