बुधबार, असार १७,२०८३ 05:18:43
Bizshala
  • बुधबार, असार १७,२०८३ 05:18:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्वास्थ्य मन्त्रालयद्वारा जनसंख्या नीति परिमार्जनका लागि प्रक्रिया सुरु, घट्दो वृद्धिदर सम्बोधन गर्ने गरी नीति ल्याउने तयारी

Laxmi Sunrise Bank Limited
स्वास्थ्य मन्त्रालयद्वारा जनसंख्या नीति परिमार्जनका लागि प्रक्रिया सुरु, घट्दो वृद्धिदर सम्बोधन गर्ने गरी नीति ल्याउने तयारी

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनसंख्या नीति २०७१ लाई संसोधन गरेर नयाँ नीति ल्याउन प्रक्रिया अघि बढाएको छ ।

यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विज्ञहरुसँग परामर्श थालेका छन् । राजधानीमा मन्त्रालयले योजना आयोग, विषयगत मन्त्रालय तथा विज्ञसँग सुझाव संकलन गरेको छ ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको जनसंख्या वृद्धिदर घटिरहेको र गाउँका बस्ती रित्तो बनिरहेको सन्दर्भमा पुरानो नीतिमा परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस गरेर छलफल थालिएको बताए ।

उनले नेपालको जनगणना २०७८ को नतिजाले ३४ जिल्ला र तीन सय १९ तहमा जनसंख्या ऋणात्मक रहेको भन्दै बढ्दो असन्तुलनलाई कम गर्नका लागि सम्बोधन गरेर राष्ट्रिय जनसंख्या नीति परिमार्जन गर्न आवश्यक रहेको बताए ।

New Office
CG Motors
Garima Development Bank

सहरी क्षेत्रमा बसाइंसराई बढ्ने तथा विदेश जानेको संख्या वृद्धि हुनुमा रोजगारी र अवसर अभाव प्रमुख समस्या रहेको भन्दै उनले यसका लागि नीतिगत सुधार आवश्यक रहेको महसुस गरेर ऐन परिमार्जनमा लागेको बताए ।

हाम्रो प्रजनन दर ऋणात्मक हुने अवस्थामा नजाओस्, त्यसको असर जनसांख्यिक विकासमा नपरोस् भनेर अपनाउँदै आएको नीतिमा परिमार्जन गर्न खोजेका छौं, उनले भने, हामी नीतिगत परिमार्जनका लागि तयार छौं । तर यो हाम्रो मात्र नभएर पालिका सरकारको पनि जिम्मेवारी हो ।

मन्त्री पौडेलले पालिकाभित्र जनसंख्या किन घट्यो भनेर पालिका सरकारहरु पनि चिन्तित हुनुपर्ने उल्लेख गर्दै मिलेर समस्या समाधान गर्ने बताए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘आफ्नो पालिकाभित्र जनसंख्या किन घट्यो भनेर पालिकाहरुले पनि सोच्नु जरुरी छ,’ उनले भने, ‘हामीले बाहिर जाने कारण पत्ता लगाएर त्यसलाई कसरी रोक्न सकिन्छ भनेर सहकार्य गरौं । हामी तयार छौं ।’

मन्त्रालयले विज्ञहरुको सुझावका आधारमा ऐन परिमार्जन गरेर संसोधनका लागि संसदमा लैजाने गरी परामर्श गरिरहेको प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.