बिहीबार, असार १८,२०८३ 05:27:05
Bizshala
  • बिहीबार, असार १८,२०८३ 05:27:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एलन मस्क बने ४०० अर्ब डलर सम्पत्ति भएको विश्वकै पहिलो व्यक्ति

Laxmi Sunrise Bank Limited
एलन मस्क बने ४०० अर्ब डलर सम्पत्ति भएको विश्वकै पहिलो व्यक्ति

काठमाण्डौ । एलन मस्क ४०० अर्ब डलर सम्पत्ति पुग्ने विश्वकै पहिलो व्यक्ति बनेका छन् । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति पदमा निर्वाचित भएसँगै बढ्न थालेको मस्कको सम्पत्ति पहिलोपटक ४०० अर्ब  पुगेको हो ।  

विश्वकै धनाढ्य व्यक्तिको रुपमा रहेका मस्कको कम्पनी स्पेसएक्सको सेयरमूल्यमा आएको उछालका कारण उनले यो दुलर्भ उपलब्धि हासिल गरेका हुन् । ब्लूमबर्ग इन्डेक्सका अनुसार बुधबार स्पेसएक्सको बजार पूँजीकरण करिब ५० अर्ब डलरले बढेको छ ।

New Office
CG Motors
Garima Development Bank

यससँगै एकदिनमा मस्कको सम्पत्ति ६२.८ अर्ब डलरले बढेको छ । यस्तै विश्वका शीर्ष ५०० धनाढ्यको कुल सम्पत्ति १० ट्रिलियन डलर पुगेको ब्लूमबर्गले जनाएको छ । यो सम्पत्ति जर्मनी, जापान,अष्ट्रेलिया जस्ता देशहरुको गत वर्षको संयुक्त जीडीपी हाराहारी हुन आउँछ ।  

सन् २०२४ को सुरुवातसँगै मस्कले थप २१८ अर्ब डलर सम्पत्ति जोडेका छन् । जुन शीर्ष ५०० धनाढ्यमध्येका कुनैले पनि आर्जन गरेको भन्दा बढी हो ।  

यस्तै यो वर्ष मस्कको अर्को कम्पनी टेस्लाको मूल्य पनि ७१ प्रतिशतले बढेको छ । बुधबारको कारोबारमा टेस्लाको मूल्य बढेर प्रतिकित्ता ४२४.७७ डलर कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि कम्पनीको उच्च मूल्य सन् २०२१ मा कायम भएको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

डोनाल्ड ट्रम्पले स्वचालित कारका लागि सहज नीति ल्याउने र ईभी सवारीका लागि ट्याक्स क्रेडिट हटाउने विश्वासका साथ टेस्लाको मूल्यमा उछाल आएको छ ।  

यस्तै गत मे महिनामा पूँजी जुटाएको एआई स्टार्टअप एक्सएआईको बजार मूल्य पनि दोब्बरले बढेर ५० अर्ब डलर पुगिसकेको छ । बुधबार स्पेसएक्सले कर्मचारी र भित्रि व्यक्तिहरुको १.२५ अर्ब डलरबराबरको सेयर बाईब्याक गर्ने निर्णय गरेको छ ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.