कुमारी बैंकले दशैंका लागि ७ वटै प्रदेशका यी शाखा कार्यालयबाट सुकिला नोट सटही गर्ने
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले सर्वसाधारणलाई आउँदै गरेको दशैंका लागि सुकिला नोट सटही सुविधा दिने भएको छ । बैंकले देशका विभिन्न शहरमा रहेका शाखा कार्यालयहरुमार्फत सटहीको सुविधा प्रदान गर्न लागेको हो । बैंकले रु.५, रु.१०, रु.२०, रु.५०, र रु.१०० दरको नोटको सटही सुविधा प्रदान गर्न लागेको जनाएको छ ।

