कर्णाली डेभलपमेन्ट बैंकको नाफा ७३.९९% ले घट्यो, खुद ब्याज आम्दानीमा पनि ३६% को गिरावट
काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ७३.९९ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चौथो त्रैमाससम्म बैंकले १० करोड ४४ लाख रुपैयाँ...

