भिजन सेक्यूरिटिजको कर्मचारी अभिमुखिकरण तालिम सम्पन्न
काठमाण्डौ । भिजन सेक्यूरिटिज् प्रालि(स्टक ब्रोकर नं. ३४) ले कर्मचारी अभिमुखिकरण तालिम सम्पन्न सम्पन्न गरेको छ । कम्पनीले उपत्यका बाहिर रहेका ९ वटा र उपत्यकाका ३ वटा शाखा गरि जम्मा १२ वटा शाखाका कर्मचारीसहित चैत ९ गतेदेखि ११ गतेसम्म टिष्टुङ्ग, कुलेखानी, मकवानपुरमा कर्मचारी अभिमुखिकरण तालिमको आयोजना गरी सम्पन्न गरेको हो ।

