सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११% नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवका लागि घोषणा गरेको नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत फागुन ३० गते सम्पन्न ३० औँ वार्षिक साधारण सभाबाट गत आर्थिक वर्ष २०७९र८० का लागि पारित ११ प्रतिशत नगद लाभांश(कर समेत) एनएमबी क्यापिटलबाट चैत ७ गतेदेखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो ।

