नेप्सेमा ६ महिनाको अवधिमा ८०.६१ अर्ब रुपैयाँको धितोपत्र सूचीकृत
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा कुल ८० अर्ब ६१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ६४ अर्ब ९५ करोड रुपैयाँबराबरको साधारण सेयर, रु.९ अर्ब ५३ करोड बराबरको बोनस शेयर, रु.६ अर्ब १० करोड बराबरको हकप्रद शेयर र रु.३ करोड बराबरको एफपीओ गरी कुल ८० अर्ब ६१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।

