हाथवे इन्भेष्टमेन्टले पनि नेपाल पुनर्बीमाको ६.५० लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै
काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ६ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्ने भएको छ । कम्पनीले आगामी फागुन ८ गतेदेखि बोलकबोलमार्फत नेपाल पुनर्बीमा कम्पनीको संस्थापक बिक्रीमा राख्न लागेको हो ।

