शनिबार, जेष्ठ २,२०८३ 04:03:31
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 04:03:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ब्रोकर भन्छन,‘बजारमा इन्भेष्टर नै छैनन्’, लगानीकर्ता भन्छन्,‘अर्थमन्त्रीले झुक्काए’

Laxmi Sunrise Bank Limited
ब्रोकर भन्छन,‘बजारमा इन्भेष्टर नै छैनन्’, लगानीकर्ता भन्छन्,‘अर्थमन्त्रीले झुक्काए’
Shivam Cement

काठमाण्डौ । सेयर बजार लगानीकर्ताको सेन्टिमेन्टमा चल्ने गर्छ । पछिल्लो समय सेयर बजारमा आईरहेको निरन्तरको गिरावटका कारण लगानीकर्ताको मनोबल खस्किएको छ । माग र आपूर्तिको सन्तुलन मिल्न नसक्दा बजारले गति लिन सकेको छैन । बैंक तथा वित्तिय संस्थाको तेस्रो त्रैमासिक प्रतिवेदन पनि लगानीकर्ताले अपेक्षा गरे जस्तो आएको छैन ।  

आईपीओ पनि धमाधम निष्कासन हुँदा बजारमा सेयरको आपूर्ति बढ्न थाल्यो । तर त्यो अनुसारको बजारमा माग बढ्न भने सकेन । यी र यस्तै कारणले बजार दैनिक खस्केको छ । दैनिक बजार घटेपछि हामीले केही ब्रोकर हाउस पुगेर ब्रोकर र लगानीकर्ताहरुको विचार बुझ्ने प्रयास गरेको छौं । नाम उल्लेख नगर्ने सर्तमा केही ब्रोकरहरुले बजारमा अहिले अत्यधिक रुपमा कारोबारी हाबी भएको बताएका छन् ।

 ‘त्यो उनीहरुको बाध्यता हुन सक्छ । धेरै लगानीकर्ताहरुले अहिले खातामा सेयर आए पछि बेचि हाल्छन् । बजारमा अहिले सेयर किनेर लगानी गर्नेको संख्य निकै कम छ । बजारमा ठूला लगानीकर्ताहरु पनि सेयर किनेर बसेको अवस्था छ ।’ एक ब्रोकरले भने,‘उनीहरु पनि हायल कायल भईसके । सेयर कर्जामा सेयर किनेका हुन्छन् । कर्जाको ब्याज तिर्नु पर्ने अवस्था पनि हुन्छ । अब असार मासान्तको प्रभावको विषय पनि छ । वाणिज्य बैंकको सेयर पनि दैनिक खसेको छ । यसले लगानीकर्ता निकै निरुत्साहित भएका छन् । ’  

Bizshala
New Office
CG Motors

यस्तै प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३२)मा भेटिएका लगानीकर्ता भन्छन्‘हामीलाई अरुले त झुक्काउथे झुक्काउथे, अहिले स्वंय सरकारले नै झुक्कायो । अर्थमन्त्री वर्षमान पुनले आफू आउने वित्तिकै बजारमा ढुक्कले लगानी गर्न भने । तर अहिले सरकारले वेवास्था गर्यो । हामी निकै अप्ठ्यारो अवस्थामा  पर्यौं । सरकारले धितोपत्र बोर्डमा अध्यक्ष चयन गर्न पनि सकेन । पूँजीबजार सुधारका केही काम पनि हुन सकेका छैनन् ।’

‘अब बजेटबाट केही होलाकी भन्ने अपेक्षा छ । तर भरोसा गरि हाल्ने अवस्था भने छैन । अर्थमन्त्रीले हामीलाई मात्रै झुक्काएनन् । हाम्रा साथीहरुलाई मन्त्रालयमा भेट्न २० मिनेट समय पनि निकाल्न सकेनन् । यस्तो अवस्थाले बजारमा कसरी लगानी गर्ने ? हाम्रो लगानीको सुरक्षा भएन ।’ ब्रोकर हाउसहरुमा भेटिएका एक लगानीकर्ताले गुनासो गरे ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.