पूँजीबजारको समस्या समाधानका लागि अर्थमन्त्रीले गठन गरे कार्यदल
काठमाण्डौ । अर्थमन्त्रायले पूँजीबजारमा विकसित विसंगति तथा समस्याको अध्ययन गरी तत्काल लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने सुधारका लागि सुझाव दिन एक कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. रामेश्वर खनालले असोज ३ गते यस्तो कार्यदल बनाउने निर्णय गरेका हुन् । धितोपत्र बोर्डका का.मु. कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित कार्यदल ४ सदस्यीय रहेको छ ।

