नेपाल टेलिकमद्वारा जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा टुजी/फोरजी मोबाइल सेवा विस्तार
काठमाण्डौ । नेपाल टेलिकमले कर्णाली प्रदेशअन्तर्गत जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ ।पातारासी गाउँपालिका वडा नं. २ मा नयाँ साइट निर्माण गरी मंसिर १६ गते देखि टुजी÷फोरजी मोबाइल सेवा सञ्चालन गरिएको हो ।