शनिबार राजधानीमा ‘काठमाण्डौ युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै
काठमाण्डौ । युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पुर्याउने उद्देश्यले शनिबार राजधानीमा ‘काठमाण्डौ युथ कन्क्लेभ २०२५’ आयोजना गरिने भएको छ ।युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि एक आदर्श प्लेटफर्मको रूपमा कन्क्लेभले कार्य गर्ने आयोजकको अपेक्षा रहको छ...

