मंगलवार, जेष्ठ ५,२०८३ 04:17:06
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:17:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

शुक्रबारदेखि ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु हुँदै

Laxmi Sunrise Bank Limited
शुक्रबारदेखि ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु हुँदै
Shivam Cement

 काठमाण्डौ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धि मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरु सम्बन्धि बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीेको दशौँ संस्करण यहि पुष ४, ५ र ६ गते काठमाण्डौको भृकृटीमण्डपमा आयोजना हुने भएको छ । 

प्रदर्शनीमा स्वदेशी तथा बिदेशी ख्याती प्राप्त ब्राण्डहरुका १०० भन्दा बढि स्टल रहने छन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनीहरु, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसाय संग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रका नयाँ–नयाँ प्रविधिको जानकारी गराउनको लागि यो प्रदर्शनी बिगत १० वर्षदेखी आयोजना हुँदै आएको छ । यस अन्तराष्ट्रिय प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बंधी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरुको उल्लेखनीय सहभागिता रहनेछ ।

Bizshala
New Office
CG Motors

यस एघारौंं नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसारभरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा पनि अत्याधुनिक वस्तु तथा टेक्नोलोजीलाई स्वदेशी उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् । यस प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरुलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गर्नेछ ।

Garima Development Bank
Shivam Cement
IME remit

यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोगता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाईउड उत्पादक संघ, तथा इन्टेरियर डिजाईनर एस्सोसियेशन नेपाल रहेका छन । 

यस प्रदर्शनीमा इन्टेरियर डिजाईनर एस्सोसियेशन नेपालका विज्ञहरुद्वारा नविनतम प्रविधि, इन्टेरियर डिजाईन, फनिर्चर लगायत बिभिन्न शिर्षकमा २ दिने सेमिनार तथा गोष्ठी कार्यक्रम आयोजना हुने छ ।

यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फनिर्चर र इन्टेरियर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने विश्वास गरिएको छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरीक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस् तथा इन्टीरीयर डिजाइनरहरुको सहभागिता रहने छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.