२७औं फ्लोरा एक्स्पो सम्पन्न, रु.१.२२ करोडको कारोबार
काठमाडौँ । राजधानीमा पुष्प व्यवसाय प्रवर्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो सम्पन्न भएको छ । भृकुटीमण्डपमा चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता र कारोबार वृद्धि देखिएको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङ (सुनिल)ले जानकारी दिए ।‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि...

