कामना सेवा विकास बैंकको ‘केएसबीबीएल ओलम्पिक्स २०८१’ सम्पन्न
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले ‘केएसबीबीएल ओलम्पिक्स २०८१’ सफलतापूर्वक सम्पन्न गरेको छ । कर्मचारीहरुको खेलकुदमा भएको क्षमता प्रदर्शन, आपसी सद्भाव र सहकार्यको विकास, बौद्धिक क्षमताको प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम शनिवार सम्पन्न भएको हो । शनिवार ब्याडमिन्टन डबल्स तथा चेस प्रतियोगिताहरु सम्पन्न भएका छन् । सात प्रदेश र केन्द्रीय...

