शुक्रबारदेखि ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु हुँदै
TRENDING
काठमाण्डौ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित दशौं संस्करणको आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ४ गते शुक्रबार आयोजना हुदैछ । पुलचोकस्थित द प्लाजामा हुने ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’मा विभिन्न १७ विधामा अवार्ड प्रदान गरिने छ । सन् २०१६ देखि लिभिङ विथ...
काठमाण्डौ । स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण फेस्ट–२०८२ आयोजना तथा प्रवद्र्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौताअनुसार स्किल सेवा प्रालिद्वारा आयोजना हुने नेशनल घर निर्माण फेस्ट–२०८२ मा शिवम् सिमेन्ट लिमिटेड ‘पावर्ड बाई’ प्रायोजक को रूपमा आबद्ध भएको हो ।घर निर्माण, परामर्श तथा प्रविधिमुखी यो राष्ट्रिय स्तरको प्रदर्शनी...
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कमलविनायक शाखा कार्यालयको आयोजनामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । वित्तीय संस्थामा आबद्ध सदस्य, अभिभावक तथा स्थानीय सरोकारवालाहरुलाई वित्तीय कारोबार, बचत तथा उद्यमशीलताका विषयमा जानकारी दिने उद्देश्यले मंसिर २९ गते उक्त कार्यक्रम आयोजना गरिएको थियो ।केन्द्र नं ४३ की केन्द्र प्रमुख चम्पा आलेमगरको...
काठमाण्डौ । कामना सेवा विकास बैंकले नेपाल बार एशोसिएशन, रामशाहपथलाई कम्प्युटर हस्तान्तरण गरेको छ । गत भदौ २३ र २४ गते मुलुकमा भएको जेनजी युवा समुहको आन्दोलनको क्रममा उत्पन्न भएको तोडफोड तथा आगजनीको घटनाबाट नेपाल बार एशोसिएशनको भवन, भवन परिसरमा क्षति भएकोले कार्यालय सञ्चालन गर्न आवश्यक कम्प्युटर हस्तान्तरण गरेको हो ।
काठमाण्डौ । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका बेलामा जनाएको प्रतिबद्धता बमोजिम देशभरका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई दुई हजार चार सय २८ वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ ।प्रत्येक चौकामा चार वटा शैक्षिक सामग्री वितरण गर्ने सामाजिक पहललाई निरन्तरता दिँदै, एनसेलले एनपीएल दोस्रो संस्करणमा पनि...
काठमाण्डौ । शाओमीले नेपालभर उत्कृष्ट ग्राहक सेवा र सहज पहुँच विस्तार गर्ने उद्देश्यसहित हेटौँडा, दमौली र बिर्तामोडमा तीन नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । मंसिर २६, २७ र २९ गते क्रमशः सञ्चालनमा आएका यी सर्भिस सेन्टरहरू शाओमी प्रयोगकर्तालाई छिटो, भरपर्दो र विश्वासनीय सेवाको पहुँच अझ सुदृढ बनाउने लक्ष्यसहित शुरु गरिएको कम्पनीले जनाएको छ ।नयाँ सर्भिस...
काठमाण्डौ । ई–सेवाले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘लाखौँ लाख शुभकामना’ नामक आकर्षक बम्पर योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि विदेशबाट ई–सेवा प्रयोग गरी रेमिट्यान्स पठाउने ग्राहकहरूले नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् ।
काठमाण्डौ । सिद्धार्थ बैंक र द सोल्टी होटेल्स् एन्ड रिसोटबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
कठमाण्डौ । भिभोले आफ्नो नवीनतम फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स३०० प्रो नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । व्यावसायिक मोबाइल फोटोग्राफीलाई नयाँ स्तरमा पु¥याउने उद्देश्यसहित तयार गरिएको एक्स३०० प्रोले अत्याधुनिक जाइस क्यामेरा प्रविधि, उच्चस्तरीय कार्यसम्पादन र उन्नत सफ्टवेयर अनुभवलाई एउटै डिभाइसमा समेटेको छ, जसले यसलाई भिभोको अहिलेसम्मकै सबैभन्दा...
काठमाण्डौ । गोरखा ब्रुअरी (कार्ल्सबर्ग समूह) ले शिशाका बोतलको पुनःप्रयोगलाई सहज र प्रभावकारी बनाउने उद्देश्यसहित ‘नेभर लिभ ए बोटल बिहाइन्ड’ अभियान सुरु गरेको छ। खालिसीसीसँगको सहकार्यमा अघि बढाइएको यस अभियानले देशभरका बार, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक स्थललाई जोड्दै जिम्मेवार स्रोत व्यवस्थापनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
काठमाण्डौ । स्टक ब्रोकर्श एशोशियसन अफ नेपालको ३१ औं वार्षिक साधारण सभा आगामी पुस २६ गते आयोजना हुने भएको छ । उक्त सभा पोखरामा बिहान ११ बजेदेखि आयोजना हुनेछ ।
काठमाण्डौ । मेरियट बोनवोय अन्तर्गत संचालित विश्वभरका ३० भन्दा बढी विशेष होटल ब्रान्डमध्ये एक मोक्सी होटेल्सले आज काठमाण्डौमा ‘मोक्सी काठमाण्डौ’को उद्घाटन गरेर नेपालमा आफ्नो सुरुवात गरेको छ। परम्परा र आधुनिकता सँगसँगै बाँच्ने काठमाण्डौको जीवन्त संस्कृति, सिर्जनशीलता, युवा जोश र गहिरो आध्यात्मिक शान्तिको संयोजनका कारण काठममाण्डौ मोक्सीका लागि उपयुक्त थलो बनेको...
काठमाण्डौ । सालपा विकास बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड(एससीटी)ले सञ्चालन गर्दै आएको एससिटी–युनियन पे कार्डको सेवा सुरु गरेको छ ।
काठमाण्डौ । एनआईबीएल एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थापित र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको एङ्कर लगानी रहेको एनआईबीएल इक्विटी पार्टनर्सले रितु प्रधान मल्ललाई संस्थाको सह–प्रमुखमा नियुक्त गरेको छ।नेपालको विकसित हुँदै गएको पूँजी बजारमा मल्लसँग रहेको लगानी रणनीति, क्लाइमेट फाइनान्स, निजी इक्विटी तथा दिगो वित्तीय क्षेत्रसम्बन्धी अनुभव संस्थाको दीर्घकालीन...
काठमाण्डौ । एसियन पेन्ट्स नेपालले एपीएफ क्लब साफ वुमेन्स क्लब च्याम्पियनसिपमा फाइनल चरणमा प्रवेश गर्न सफल भए नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।कम्पनीले हाल दशरथ रंगशालामा सञ्चालन भइरहेको उक्त प्रतियोगितामा क्लब फाइनल चरणमा प्रवेश गर्न सफल भएमा अतिरिक्त १ लाख प्रोत्साहन स्वरूप प्रदान गर्ने र प्रतियोगितामा खेलेका हरेक जितका लागि थप २५ हजार प्रदान गर्ने जनाएको छ ।
काठमाण्डौ । नेपालमा लामो समयदेखि अटोमोटिभ पार्ट्स व्यवसायमा संलग्न सत्यदिप इन्टरनेसनल अब लिथियम आयोन ब्याट्री र एड्भान्स्ड इनर्जी स्टोरेज सोलुसन सेक्टरमा समेत प्रवेश गर्ने भएको छ । नेपालमा पनि मोबिलिटी र पावर इन्डष्ट्रितिरको तीव्र रुपान्तरणलाई ध्यानमा राखेर नेपाली बजारमा समेत विश्व स्तरीय लिथियम प्रविधि उपलब्ध गराउने प्रतिबद्धताका साथ कम्पनी अगाडि बढेको बताएको छ...
काठमाण्डौ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई मध्यनजर गर्दै हेटौंडामा रहेको शिवम् सिमेन्ट लिमिटेडले छात्रा लक्षित छात्रवृत्ति प्रदान गरेको छ ।कम्पनीले हेटौंडा–१७, हटिया स्थित उद्योग प्रभावित क्षेत्रभित्र रहेको लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत १०४ जना छात्रा विद्यार्थीहरूका लागि चालू शैक्षिक सत्रको लागि उत्त छात्रवृत्ति...
काठमाण्डौ । सर्वोत्तम सिमेन्टले यही मंसिर २० गतेका दिन झापाको भद्रपुर नगरपालिका ९ मा अवस्थित आफ्नो कारखाना स्थलमा निःशुल्क स्वास्थ्यशिविर आयोजना गरेको छ।कार्यक्रममा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए भने कम्पनीले निःशुल्क औषधि समेत वितरण गरेको थियो।
काठमाण्डौ । रमेश गुप्ता मेमोरियल ट्रस्टले महालक्ष्मी विकास बैंकसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड उपलब्ध गराएको छ । यसले अस्पतालको बालक क्यान्सर सेवाहरूलाई सुदृढ बनाउनेछ र आईसीयु क्षमतालाई १५ बेडसम्म पुर्याउनेछ । यस सहयोगले नेपालमा क्यान्सर उपचार गरिरहेका बालबालिकाका लागि आवश्यक उपचार अझ पहुँचयोग्य बनाउन मद्दत गर्ने जनाइएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.