आईतवार, जेष्ठ ३,२०८३ 04:34:52
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:34:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

माछापुच्छ्रे क्यापिटलद्वारा ‘ग्लोबल मनि विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
माछापुच्छ्रे क्यापिटलद्वारा ‘ग्लोबल मनि विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले ग्लोबल मनी विक–२०२६ को अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिका तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न शिक्षामूलक कार्यक्रमहरू सञ्चालन गरी सफलतापूर्वक सम्पन्न गरेको छ ।  

उक्त कार्यक्रममार्फत वित्तीय ज्ञान, सीप तथा सकारात्मक मनोवृत्तिको विकासमा टेवा पुर्याउने लक्ष्य राखिएको थियो ।

ग्लोबल मनी विक अर्गनाइजेसन फर इकनमिक को–अपरेसन एण्ड डेभलपमेन्टको संयोजनमा सन् २०१२ देखि हरेक वर्ष मनाइँदै आएको विश्वव्यापी अभियान  हो । यस वर्ष कार्यक्रमको चौधौं श्रृङ्खला मार्च १६ देखि २२, २०२६ (२०८२ चैत्र २ देखि ८) सम्म ‘स्मार्ट मनि टक्स’ भन्ने नाराका साथ मनाइएको थियो ।

Bizshala
New Office
CG Motors

यस अवसरमा क्यापिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०८२/१२/०३ गते वितारा बालग्राम, कलंकी, काठमाडौंमा, चैत ६ गते श्री जनता माध्यमिक विद्यालय, हरैचा, मोरङमा र मिति र चैत ८ गते बोडे माध्यमिक विद्यालय, बोडे, भक्तपुरमा अध्यनरत विद्यार्थीहरू, शिक्षक तथा विद्यालय प्रशासनका कर्मचारीहरूका माझ वित्तीय सचेतना तथा अन्तरक्रिया कार्यक्रमहरू सम्पन्न गरेको छ ।

यस्ता कार्यक्रमहरू मार्फत युवाहरूलाई सानो उमेरदेखि नै आर्थिक रूपमा सचेत बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन तथा समग्र वित्तीय स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास क्यापिटलले लिएको छ । माछापुच्छ्रे क्यापिटलले यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ र आगामी दिनहरूमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) का रूपमा यस क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, निक्षेप सदस्य तथा सामूहिक लगानी कोष सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको  छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.