रेड फ्ल्याग सिस्टमबाट भ्रष्टाचारमा कडा अंकुश लगाउने तयारीः बैंक, वालेट, शेयर सबै निगरानीमा
काठमाण्डौ । बालेन शाह नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्रणालीगत बनाउने लक्ष्यसहित कडा र प्रविधिमैत्री कदमहरू अघि सारेको छ। शासकीय सुधारका लागि सार्वजनिक गरिएको १०० कार्यसूचीअन्तर्गत सरकारले वित्तीय पारदर्शिता र निगरानीलाई नयाँ उचाइमा पुर्याउने योजना सार्वजनिक गरेको हो।

