२६ घण्टामै ‘राज्य कब्जा’: जेनजी आन्दोलनले पल्टाइदियो पुरानो सत्ता संरचनाको एक-एक तख्ता
काठमाण्डौ । जेनजी आन्दोलन सुरु भएको २६ घण्टा नपुग्दै प्रदर्शनकारीहरूले सिंहदरबार, संघीय संसद भवन, सर्वोच्च अदालतदेखि शीतल निवाससम्म कब्जा गरेका छन्। संसद भवन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरिएको आगजनीले अब केवल सडक आन्दोलन मात्र नभई राज्यको केन्द्रीय संरचना नै प्रत्यक्ष चुनौतीमा परेको देखाएको छ।

