अभागी भूपदेवः बालेनको खास मान्छे बने, घण्टीको सुनामी आएकै बेला नमीठो हार व्यहोरे
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को देशभर जबरजस्त लहर छ । यहीकारण प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपा दुईतिहाई बहुमत नजिक पुगेको छ । रास्वपाले यो पटकको निर्वाचनमा ऐतिहासिक जित निकालिसकेको छ । एमाले, कांगे्रस, माओवादी, मधेशवादीजस्ता परम्परागत राजनीतिक शक्तिहरुका वर्षौदेखिका किल्ला रास्वपाको पक्षमा आएको जनमतको सुनामीले तहसनहस बनाइदिएको छ ।

