प्रधानमन्त्री कार्कीलाई बल्ल आयो चीनको बधाई
काठमाण्डौ । नेपालको अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीलाई चीनले औपचारिक रूपमा बधाई दिएको छ। आइतबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले विज्ञप्ति जारी गर्दै कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त भएकोमा शुभकामना व्यक्त गरेका हुन्।

