रास्वपाका सबै सांसदले सामूहिक राजीनामा गर्ने
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका छन्। संसदीय दलको मंगलबार बसेको बैठकमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै यस्तो तयारी गरिएको एक सांसदले जानकारी दिएका छन्।