ओली पक्राउविरुद्ध सडकमा उत्रिन थाले एमाले कार्यकर्ता, संख्या न्यून
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेसँगै पार्टी कार्यकर्ताहरू विरोधमा सडकमा उत्रिएका छन्।
TRENDING
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेसँगै पार्टी कार्यकर्ताहरू विरोधमा सडकमा उत्रिएका छन्।
काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइ माग गर्दै एमालेले देशभर आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पार्टी सचिवालयको आजको बैठकले ओलीको पक्राउलाई राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गर्दै चरणबद्ध आन्दोलन अघि बढाउने योजना सार्वजनिक गरेको हो।
काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको छ।शनिबार बिहान भक्तपुरको गुण्डुबाट नियन्त्रणमा लिएका उनलाई प्रारम्भिक रूपमा जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकालीमा राखिएको थियो। त्यहाँबाट नियमित स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रतिशोध साँधिएको आरोप लगाउँदै त्यसको मूल्य महंगो पर्ने चेतावनी दिएका छन् ।
काठमाण्डौ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले आकस्मिक रूपमा सचिवालय बैठक बोलाउँदै विरोधका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार आज बिहान साढे ८ बजे बस्ने बैठकले ओली पक्राउविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्नेछ।
काठमाण्डौ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउपछि काठमाडौँको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ। शनिबार बिहान भक्तपुरका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका दुवै जनालाई सोही परिसरमा ल्याएर राखिएको हो।
काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङले देश अब नयाँ मोडतर्फ अघि बढ्ने बताएका छन्। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ गरेपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कानून सबैभन्दा माथि रहेको उल्लेख गरेका छन्।
काठमाण्डौ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको छ। प्रहरी टोलीले उनलाई जरुरी पक्राउ पुर्जी थमाउँदै नियन्त्रणमा लिएको हो।
काठमाण्डौ । गत भदौ २३ गतेको जेनजी आन्दोलनमा दर्जनौ निहत्थाहरुको हत्या गरेको अभियोगमा उच्चस्तरीय छानबिन समितिबाट प्रमुख दोषी करार पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली अझै पक्राउ परिसकेका छैनन् । ओलीलाई हिजो मध्यरातिदेखि नै पक्राउ गर्ने प्रयास गरिएको भए पनि जरुरी पक्राउ पूर्जी लगायतका आवश्यक कागजात तयार गर्ने क्रममा केही ढिलाई हुँदा आज बिहानको राति...
काठमाण्डौ । जेनजी आन्दोलन दबाउने समयको सरकारका गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । प्रहरी टोलीले भर्खरै लेखकलाई भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ परेको हो ।
काठमाण्डौ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगै पूर्वगृहमन्त्री रमेश लेखकलाई समेत नियन्त्रणमा लिने तयारी तीव्र बनेको छ। प्रहरी स्रोतका अनुसार दुवै नेतालाई पक्राउ गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।यसैक्रममा भक्तपुरको गुण्डुस्थित ओली निवाससँगै कटुन्जेस्थित रमेश लेखकको घरमा पनि प्रहरी टोली पुगेको छ। दुवै स्थानमा सुरक्षा सतर्कता बढाइएको छ भने आवश्यक कागजी...
काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नियन्त्रणमा लिन प्रहरी टोली भक्तपुरको गुण्डुस्थित निवास पुगेको छ। आवश्यक कागजातसहित पुगेको प्रहरी टोलीले पक्राउ प्रक्रिया अघि बढाउने तयारी गरेको स्रोतले जनाएको छ।निवासमा रातभर एमालेका नेता-कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो। बिहानतिर प्रहरी टोली पुगेपछि बाहिर पनि समर्थकहरूको भीड झनै...
काठमाण्डौ । आफ्ना अध्यक्ष केपी शर्मा ओलीमाथि कारबाही र सम्भावित पक्राउको चर्चा चुलिरहेका बेला नेकपा एमाले निकट २३ वटा जनसंगठन एकैपटक आक्रामक रूपमा प्रस्तुत भएका छन्। उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको निर्णयलाई “पूर्वाग्रहपूर्ण र प्रतिशोध प्रेरित” भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्।
काठमाण्डौ । जेनजी आन्दोलन दमनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै सुरक्षा संयन्त्र उच्च सतर्कतामा पुगेको छ भने सम्भावित राजनीतिक कारबाहीको संकेतसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवास वरपर गतिविधि अस्वाभाविक रूपमा बढेको छ।
काठमाण्डौ । बालेन शाह नेतृत्वको नवगठित सरकारले जेनजी आन्दोलनसम्बन्धी छानबिन आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गर्दै गृहमन्त्री सुदन गुरुंग उच्च सुरक्षा अधिकारीहरुसँग यस विषयमा निरन्तर छलफलमा जुटेपछि नेकपा एमालेको नेतृत्व हच्किएको देखिएको छ । जेनजी आन्दोलनका क्रममा दर्जनौं कलिला विद्यार्थीमाथि गोली दाग्ने तत्कालीन सरकारको नेतृत्व प्रधानमन्त्रीको...
काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह ले पहिलो चरणमा सीमित सदस्यसहित सानो सचिवालय टिम गठन गरेका छन्। बाँकी सदस्यहरू भने सोमबारसम्म थपिने तयारी गरिएको छ।
काठमाण्डौ । बालेन्द्र शाह नेतृत्वको सरकारले पदभार ग्रहण लगत्तै बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा गौरीबहादुर कार्की अध्यक्ष रहेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ।बैठकले आयोगको सिफारिसअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितका व्यक्तिहरूमाथि तत्काल कारबाही अघि बढाउने निर्णय गरेको छ।
काठमाण्डौ । बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले सबै मन्त्रालयसँग सम्बन्धित १०० वटा निर्णय गरेको छ । एक मन्त्रीका अनुसार पूर्व तयारी अनुसार विभिन्न मन्त्रालयबाट आएका प्रस्ताव तथा प्रधानमन्त्री बालेन शाहले कोरेको खाकाअनुसारका १०० वटा निर्णय भएका हुन् । जसलाई सरकारले 'शासकीय सुधारका लागि एक सयवटा कार्य स्वीकृत गर्ने निर्णय' भनेको छ ।
काठमाडौँ । नवनिर्मित मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई सरकारको आधिकारिक प्रवक्ताका रूपमा तोकेको छ ।
काठमाण्डौ । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । शुक्रबार अपराह्न सिंहदरबारमा बसेको क्याबिनेट बैठकले आन्दोलनसँग सम्बन्धित सिफारिसहरू लागू गर्ने दिशामा अघि बढ्ने स्पष्ट संकेत दिएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.