शुक्रबार, असार १९,२०८३ 09:43:45
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 09:43:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ओली पक्राउको विरोधमा आज पनि झडप, माइतीघर-बानेश्वर तनावग्रस्त

Laxmi Sunrise Bank Limited
ओली पक्राउको विरोधमा आज पनि झडप, माइतीघर-बानेश्वर तनावग्रस्त

काठमाण्डौ । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा काठमाडौंमा भइरहेको प्रदर्शनका क्रममा नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

New Office
CG Motors
Garima Development Bank

माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढ्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले रोक्ने प्रयास गरेपछि दुवै पक्षबीच तनाव चर्किएको हो। स्थिति केहीबेरमै झडपमा परिणत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

आन्दोलनकारीले ढुंगा प्रहार गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गरेको थियो। झडपका क्रममा केही व्यक्ति घाइते भएका छन्, जसमा एक जनाको टाउकोमा चोट लागेको जानकारी प्राप्त भएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

माइतीघर–बबरमहल क्षेत्र केही समय तनावग्रस्त बनेको थियो। हिजोदेखि नै एमाले कार्यकर्ताहरू सो क्षेत्रमा विरोध प्रदर्शनमा उत्रिएका छन्। साथै, पार्टीका जनवर्गीय संगठनहरूले देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा विरोधपत्र बुझाउने कार्यक्रमसमेत सञ्चालन गरेका छन्।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको दमनको विषयलाई लिएर राजनीतिक विवाद चर्किँदै आएको छ। उक्त समयमा ओली प्रधानमन्त्री र कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए।

ओली र लेखक पक्राउ परेपछि एमालेले देशव्यापी विरोध कार्यक्रम अघि बढाएको हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.