बढ्यो स्पन्ज आइरनमा भन्सार, बिलेटको अन्तःशुल्क भने हट्यो
काठमाण्डौ । स्टिल उद्योगको कच्चापदार्थ स्पन्ज आइरनमा लाग्दै आएको भन्सार दर बढेको छ । सरकारले स्पन्ज आइरनमा लाग्दै आएको १ प्रतिशत भन्सार दर बढाएर २.५ प्रतिशत पुर्याएको हो ।त्यसैगरी, सरकारले विदेशबाट आयात हुने स्क्र्याप फलाममा समेत भन्सार दर लागू गरेको छ । यसअघि स्क्र्याप फलाममा शून्य भन्सार रहेकोमा त्यसलाई १ प्रतिशत पुर्याइएको छ ।