विनोद चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी सभामुखलाई, सांसद पद के हुन्छ ?
काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले प्रतिनिधिसभा सदस्य तथा नेपालका एक मात्र डलर अर्बपति विनोदकुमार चौधरीमाथि छानबिन थालेको छ । सीआईबीले विशेष टिम नै तयार गरी सांसद चौधरीमाथि छानबिन थालेको हो । सीआईबीले बुधबार सभामुख देवराज घिमिरेलाई एक पत्र लेख्दै सांसद चौधरीमाथि छानबिन भइरहेको सूचना दिएको हो ।