बुधबार, जेष्ठ ६,२०८३ 02:22:16
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 02:22:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नवनियुक्त प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र निर्वाचन गराइसक्नुपर्ने

Laxmi Sunrise Bank Limited
नवनियुक्त प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र निर्वाचन गराइसक्नुपर्ने
Shivam Cement

काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपालको अन्तरिम प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्। शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ खुवाएका हुन्। 

यो नियुक्तिले उनलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीको ऐतिहासिक जिम्मेवारी पनि प्राप्त भएको छ।

Bizshala
New Office
CG Motors

राष्ट्रपति कार्यालयको विज्ञप्ति अनुसार, मुलुकमा उत्पन्न असाधारण परिस्थितिलाई सम्बोधन गर्न र युवा पुस्ता (जेन–जी) को आन्दोलनबाट प्रकट भएको इच्छा र आकांक्षालाई सम्मान गर्दै, राष्ट्रपति पौडेलले राजनीतिक दलहरू र सरोकारवालाहरूसँगको परामर्शका आधारमा संविधानको अन्तरनिहित अधिकार प्रयोग गरी कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। उनलाई ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन सम्पन्न गर्ने म्यान्डेट दिइएको छ।

विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति श्री रामचन्द्र पौडेलले नेपालको संविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि प्रधानमन्त्रीको सिफारिस र सम्मतिमा संवैधानिक व्यवस्था बमोजिम मोरङकी सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ।”

Garima Development Bank
Shivam Cement
IME remit

शपथ समारोहमा कार्कीले नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्री पदको गोपनीयताको शपथ लिएकी छिन्। यो नियुक्ति र शपथले मुलुकको राजनीतिक परिदृश्यमा नयाँ तरंग ल्याएको छ। कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आगामी ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी मुलुकलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X